२०८३ भाद्र ५ गते शुक्रवार | 2026 August 21st Friday

मध्यरातमा सार्वजनिक भयो एलिना चौहान र प्रताप दासको तस्बिर, फ्यान भन्छन्: अब ढुक्क भयौं!

काठमाडौँ — चर्चित गायिका एलिना चौहानले गायक प्रताप दासलाई भाइटीका लगाएको तस्बिर सार्वजनिक गरेकी छन्। उनले उक्त तस्बिर सामाजिक सञ्जाल फेसबुकमा मध्यराति एक बजे पोष्ट गरेकी हुन्।

लामो समयदेखि प्रताप दाससँगको सम्बन्धका कारण चर्चामा रहेकी एलिनाले तिहारको अवसरमा सार्वजनिक गरेको यो तस्बिरले फेरि पनि उनीहरूलाई चर्चाको केन्द्रमा ल्याएको छ।

हाल सांगीतिक कार्यक्रमका सिलसिलामा अमेरिकामा रहेका एलिना र प्रतापले यसपटक दसैं त्यहीँ मनाएका थिए। एलिनाले सार्वजनिक गरेको यो तस्बिरमा दुवै हाँसिरहेको र पारिवारिक आत्मीयता झल्किएको देखिन्छ।

प्रकाशित मिति : २०८२ कार्तिक ८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस