काठमाडौं । अहिले एउटा घटना बाहिर आएपछि दुनियाँ स्तब्ध बनेको छ । अस्पतालमा डाक्टरले सुत्केरीमाथि गरेको नसोचेको प्रकरण खुलेपछि दुनियाँ स्तब्ध बनेको हो । यसले डाक्टरहरु मानिसमाथी लापरवाहीको चरम सीमा पार गर्छन् भन्ने प्रमाणित गर्छ । देहरादूनकी २६ वर्षीया ज्योति पालले सिजेरियन प्रक्रियाबाट शिशुको जन्म दिएकी थिइन् ।
केही हप्ता पछि उनको झनै अत्याधिक पेट दुख्न थाल्यो, तर चिकित्सकहरूले त्यसलाई सामान्य ठानेर बेवास्ता गरिदिए । महिनौंपछि झनै सहन नसकेपछि अर्को अस्पताल गइन् । त्यसपछि खुलासा भयो कि उनको पेटमा अप्रेशनका बेला रगत सोस्न प्रयोग गरिने गजको ठूलो टुक्रा नै पेटमा नै छुटेको रहेछ। गजको टुक्रा पेटमा नै छोडेर सिलाइदिएका रहेछन् ।
त्यसको संक्रमण फैलिँदै गएपछि ज्योतिको अवस्था अत्यन्तै गम्भीर भयो । संक्रमण निको गर्न निक्कै ढिला भइसकेको थियो । अन्ततः ज्योति सधैंका लागि हामीबाट बिदा भइन्। यो घटना स्वास्थ्य प्रणालीमा देखिएको गम्भीर लापरवाहीको उदाहरण हो । जसले एक युवतीको अकालमा जीवन लिएको छ।
अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्

