२०८२ माघ २५ गते शनिवार | 2026 February 7th Saturday

लाखौं फ्यानलाई स्तब्ध पार्दै ३२ वर्षको उमेरमा अस्ताए चर्चित इन्फ्लुएन्सर

काठमाडौं । दुबईमा बसोबास गर्ने लोकप्रिय ट्राभल इन्फ्लुएन्सर र फोटोग्राफर अनुनय सूदको ३२ वर्षको उमेरमा निधन भएको छ। उनको मृत्युको कारण अझै सार्वजनिक गरिएको छैन।

उनको परिवारले इन्स्टाग्राममार्फत विज्ञप्ति जारी गर्दै भनेको छ,“हाम्रा प्रिय अनुनय सूदको निधनको खबर हामी गहिरो दुःखका साथ बाँडिरहेका छौं। यो कठिन समयमा गोपनीयताको लागि अनुरोध गर्दछौं। कृपया उनको परिवार र प्रियजनलाई आफ्नो विचार र प्रार्थनामा राख्नुहोस्। उनको आत्माले शान्ति पाओस्।”

अनुनयको अन्तिम इन्स्टाग्राम पोस्ट लास भेगासबाट गरिएको थियो, जहाँ उनले कार ब्रान्डको कार्यक्रममा सहभागी भएका थिए। पोस्टमा उनले लेखेका थिए — “अझै पनि विश्वास गर्न सक्दिन कि मैले किंवदन्तीहरू र सपनाका मेसिनहरूले घेरिएको सप्ताहन्त बिताएँ।”

अनुनय सूद इन्स्टाग्राममा १४ लाखभन्दा बढी फलोअर्स र युट्युबमा ३.८ लाख सब्सक्राइबरसहित लोकप्रिय इन्फ्लुएन्सर थिए। उनी लगातार फोर्ब्स इन्डियाको २०२२ देखि २०२४ सम्मको शीर्ष १०० डिजिटल स्टार्स सूचीमा परेका थिए।

फोर्ब्सको बायो अनुसार, उनी दुबईमा आधारित फोटोग्राफर र उद्यमी थिए, जसले आफ्नै मार्केटिङ कम्पनी सञ्चालन गर्दै आफ्नो यात्राको कथा इन्स्टाग्राममा साझा गर्थे।

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस