२०८३ असार ११ गते बिहिवार | 2026 June 25th Thursday

हामी केटीहरुले बिहे नगरी बच्चा जन्माउन पाउनुपर्छ : अभिनेत्री नम्रता सापकोटा

काठमाडौँ । चर्चित अभिनेत्री नम्रता सापकोटाले महिलाले विहे नगरी पनि बच्चा जन्माउने अधिकार पाउनुपर्छ भन्ने क्रान्तिकारी अभिव्यक्ति दिएकी छिन्। उनको यो भनाइले सामाजिक सञ्जालमा ठूलो बहस सुरु भएको छ।

उनले समाजमा महिला सशक्तीकरणको सन्देश दिन खोजेको बताउँदै भनिन्, “अहिले म विवाह गर्न चाहँदिन तर बच्चा चाहन्छु। यदि केही वर्षमा मेरो विवाह भएन भने पनि म बच्चा पाउँछु।”

नम्रताका अनुसार विहे नगरी पनि आमाबनिनु अपराध होइन, बरु महिला आत्मनिर्भर र स्वतन्त्र बन्ने संकेत हो। उनले बाबुको नामबिना पनि बच्चाले आमाको नामबाट परिचय पाउनुपर्ने बताइन्।

उनले थपिन्, “हामी सिंगल मदर बन्न सक्ने अधिकार राख्छौं। आधुनिक प्रविधि जस्तै टेस्ट ट्युब बेबी (IVF) बाट पनि बच्चा पाउन सकिन्छ र म स्वयंले पनि त्यही बाटो रोज्न सक्छु।”

उनको यो विचारले समाजमा मिश्रित प्रतिक्रिया ल्याएको छ — कतिपयले उनलाई साहसी र आधुनिक सोचकी प्रतीक भनेका छन् भने कतिपयले परम्पराविरोधी भनेर आलोचना गरेका छन्।

 

प्रकाशित मिति : २०८२ कार्तिक २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस