२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

आज नयाँ पार्टी घोषणा गर्दै कुलमान, बालेनको पनि समर्थन

काठमाडौँ । वर्तमान सरकारमा महत्वपूर्ण तीन विकासे मन्त्रालय सम्हालिरहेका कुलमान घिसिङले आज नयाँ पार्टीको घोषणा गर्दै छन् । कुलमाननिकट एक व्यक्तिका अनुसार सोमबार निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता हुनेछ। त्यसका लागि यसअघि नै निर्वाचन आयोगमा दर्ता भएको ‘उज्यालो नेपाल पार्टी’को नाम परिवर्तन गर्न आयोगमा निवेदन दिइनेछ। बढी सम्भावना भने नयाँ पार्टी दर्ताकै रहेको उनले जानकारी दिए।

नयाँ दर्ता गरिने पार्टीको नाम ‘जनसेवा पार्टी’ रहने उनको भनाइ छ। ‘पार्टी अध्यक्षमा कुलमान नै हुने छन्। उनी अध्यक्ष भएनन् भने पूर्वऊर्जा सचिव डा अनुपकुमार उपाध्यय हुने सम्भावना छ,’ ती व्यक्तिले भने, ‘यसबारे सोमबार बिहान टुंगो लाग्नेछ। स्रोतका अनुसार नयाँ बन्ने पार्टीले ‘एक व्यक्ति एक पद’को नीतिलाई कडाइका साथ लागु गर्नेछ। जसअनुसार सरकारमा जानेहरू पार्टीका पदाधिकारीमा बस्ने छैनन्। उक्त पार्टीले कुलमानलाई प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने बताइएको छ।

त्यसैले नयाँ पार्टीको अध्यक्ष सम्भवतः कुलमान हुने छैनन्। उनी पार्टी अध्यक्ष भए प्रधानमन्त्री हुन नपाउने हुनाले त्यसो गर्न लागिएको बताइएको छ। डा। उपाध्यायलाई अघि सार्दा कुलमानले प्रधानमन्त्री बन्ने बाटो बन्द हुने हुनाले त्यस्तो नीति लिइएको कुलमाननिकट ती व्यक्तिको भनाइ छ।

प्रकाशित मिति : २०८२ कार्तिक २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस