२०८२ कार्तिक २६ गते मङ्गलवार | 2025 November 11th Tuesday

धर्मेन्द्रको मृत्युको अफवाह फैलिएपछि हेमा मालिनी आक्रोशित, बताइन् श्रीमानको स्वास्थ्य अवस्था

Hema Malini Furious Over Dharmendra’s Death Rumors

काठमाडौं । बलिउडका ‘ही-म्यान’ भनेर चिनिने धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको भन्ने अफवाह फैलिएको छ । जुन सत्य होइन। अभिनेता धर्मेन्द्रकी पत्नी हेमा मालिनी र छोरी ईशा देओलले यसलाई खण्डन गर्दै पुष्टि गरेका छन् । उनीहरुले भनेका छन् धर्मेन्द्र जीवित छन् र स्वास्थ्य लाभ गरिरहेका छन्। यद्यपि, निधन झूटा खबरले फिल्म उद्योग र प्रशंसकहरूलाई गहिरो झट्का दिएको थियो। जानकारी अनुसार, सोमबार साँझ उनलाई श्वासप्रश्वासमा समस्या भएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

ईशाको पुष्टि

धर्मेन्द्रकी छोरी ईशा देओलले लेखिन्— “मिडियाले लगातार झूटा खबरहरू फैलाइरहेको छ। मेरा पिता स्थिर हुनुहुन्छ र स्वास्थ्य लाभ गरिरनुभएको छ । हामी सबैले हाम्रो परिवारलाई केही निजी समय दिनुहोस् भन्ने अनुरोध गर्छौं। पिताको चाँडै स्वास्थ्य सुधारको लागि प्रार्थना गर्ने सबैलाई धन्यवाद।”

हेमा मालिनीको आक्रोश
हेमा मालिनीले ट्वीट गर्दै आफ्नो आक्रोश व्यक्त गरिन्— “जे भइरहेको छ त्यो क्षमायोग्य छैन। जिम्मेवार समाचार च्यानलहरूले कसरी यस्तो व्यक्तिको बारेमा झूटा खबर फैलाउन सक्छन् ? जो उपचारमा राम्रो प्रतिक्रिया दिइरहेका छन् र स्वास्थ्य लाभ गरिरहेका छन्? यो अत्यन्त अपमानजनक र गैर-जिम्मेवार व्यवहार हो। कृपया परिवारको गोपनीयता र आवश्यकतालाई सम्मान गर्नुहोस्।”

अस्पतालमा भेट्न आउनेहरूको भीड
खबर फैलियो कि धर्मेन्द्र गम्भीर अवस्थामा अस्पतालमा भर्ना भएका छन्, त्यसपछि फिल्म उद्योगमा शोकको वातावरण छायो। धेरै सेलिब्रेटीहरू उनको स्वास्थ्यको चिन्तामा परे। बलिउड सुपरस्टारहरू शाहरुख खान, सलमान खान, गोविन्दा लगायतका कलाकारहरू उनको स्वास्थ्य बुझ्न अस्पताल पुगेका थिए। धर्मेन्द्र अस्पतालमा भर्ना भएदेखि देओल परिवारका सबै सदस्यहरू अस्पतालमै छन्।

हेमा मालिनीको अपील
हेमा मालिनीले १० नोभेम्बरको साँझ आफ्नो सामाजिक सञ्जालमा धर्मेन्द्रको मुस्कुराएको फोटो शेयर गर्दै लेखेकी थिइन्— “म सबैलाई धन्यवाद दिन चाहन्छु जसले धरम जीको चिन्ता गर्नुभयो। उहाँ अहिले अस्पतालमा चिकित्सकहरूको निगरानीमा हुनुहुन्छ। हामी सबै उहाँसँगै छौं। म सबैलाई प्रार्थना गर्न अपील गर्छु कि उहाँ चाँडै स्वस्थ हुनुहोस्।”

३०० भन्दा बढी फिल्ममा अभिनय

धर्मेन्द्र हिन्दी सिनेमाका सबैभन्दा सम्मानित र लोकप्रिय कलाकारमध्ये एक हुन्। सात दशकभन्दा लामो करियरमा उनले ३०० भन्दा बढी फिल्महरूमा अभिनय गरेका छन्। ‘शोले’, ‘चुपके चुपके’, ‘सीता और गीता’, ‘धरम वीर’ जस्ता सुपरहिट फिल्महरूमा उनको अभिनय आज पनि दर्शकले सम्झन्छन्। ‘शोले’ फिल्मको “बसंती इन कुत्तों के आगे मत नाचना” भन्ने संवाद आज पनि चर्चित छ।

अर्को महिना आउँदैछ पछिल्लो फिल्म
धर्मेन्द्र ८९ वर्षका भए पनि अझै पनि फिल्म उद्योगमा सक्रिय छन्। हालै उनले ‘रॉकी और रानी की प्रेम कहानी’ र ‘तेरी बातों में ऐसा उलझा जिया’ फिल्ममा अभिनय गरेका थिए, जसमा उनले दर्शकको मन जितेका थिए। उनी अब अगस्त्य नन्दाको फिल्म ‘इक्कीस’ मा देखिनेछन्, जुन फिल्म २५ डिसेम्बरमा रिलिज हुने तयारीमा छ।

Hema Malini Furious Over Dharmendra’s Death Rumors, Shares Update on Husband’s Health

 

प्रकाशित मिति : २०८२ कार्तिक २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस