२०८३ असोज ५ गते सोमवार | 2026 September 21st Monday

कांग्रेस नेता शंकर भण्डारीले भने, राजसंस्था देशलाई चाहियो, कांग्रेसमा ५७ प्रतिशत मत छ

काठमाडौं । नेपाली कांग्रेसका नेता शंकर भण्डारीले संवैधानिक राजसंस्था देशका लागि आवश्यक रहेको बताएका छन्। काठमाडौँमा गगन थापा नेतृत्वको कांग्रेस इतरपक्षले आयोजना गरेको भेलामा सम्बोधन गर्दै उनले ३३ सालको बिपी कोइरालाको नीति राष्ट्रियता भएको उल्लेख गरे।

भण्डारीले बिपीको नाम लिनु मात्र पर्याप्त नभई मेलमिलापको नीति बुझ्नुपर्ने बताए। उनले राष्ट्रका सबै शक्तिलाई एकीकृत गरेर स्वाधीनता र अखण्डतालाई बलियो बनाउन संवैधानिक राजसंस्था आवश्यक भएको स्पष्ट पारे। गोदावरीको महासमिति बैठकमा ५७ प्रतिशतले वैदिक सनातन धर्मको पक्षमा उभिँदा नेताहरूले स्वीकार नगरेको भन्दै उनले असन्तुष्टि जनाए। जनताले स्वीकार गर्ने परिस्थिति निर्माण गर्न शीर्ष नेताहरू अभिभावकिय भूमिकामा रहनुपर्ने उनको भनाइ छ।

 

प्रकाशित मिति : २०८३ साउन ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस