काठमाडौं – चर्चित बलिउड अभिनेत्री शिल्पा सेट्ठी अहिले काठमाडौंमा छन्। उनी सोल्टी होटलमा सुरु भएको ईएमएफ एसीई ग्लोबल कन्भेन्सन एण्ड अवार्ड २०२६ मा सहभागी हुन नेपाल आएकी हुन्।
दुई दिने कार्यक्रममा बलिउड अभिनेता शक्ति कपुर, विक्रान्त मेसी र नेपाली मूलकी अभिनेत्री मनीषा कोइराला पनि सहभागी हुने जनाइएको छ। भारतसहित सात मुलुकका करिब ५५० जना इभेन्ट, वेडिङ, पर्यटन तथा आतिथ्य क्षेत्रका व्यवसायी, लगानीकर्ता र गन्तव्य विशेषज्ञ सहभागी हुने सम्मेलनको उद्देश्य नेपाललाई लक्जरी वेडिङ गन्तव्यका रूपमा स्थापित गर्नु रहेको आयोजकहरूले बताएका छन्।
प्रकाशित मिति : २०८३ साउन १५ गते शुक्रवार

