२०८३ साउन १९ गते मङ्गलवार | 2026 August 4th Tuesday

दीपमालाको ऐतिहासिक जित : मिस नेपालमा तीन कीर्तिमान

काठमाडौं – हङकङमा हुर्किएकी दीपमाला ढकाल मिस नेपालको उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली बनेकी छन्। शनिबार सम्पन्न फिनालेमा उनले एकैपटक तीन कीर्तिमान रचिन्।
पहिलो – मिस नेपाल बन्ने पहिलो एनआरएनए दोस्रो पुस्ता।
दोस्रो – मिस नेपाल हङकङको उपाधि जितेर डायस्पोराबाट मिस नेपाल प्रवेश गर्ने पहिलो विजेता।
तेस्रो – ग्रान्ड फिनालेमा चार सहविधा (मिस भिजिनरी ग्रीन, मिस हेल्थ हार्मोनी, मिस कन्फिडेन्स, ब्यूटी विथ पर्पस) जित्ने पहिलो प्रतियोगी।
उनको जितले सन् १९९४ मा मिस नेपालमा प्रतिस्पर्धा गरेकी आमा रोशनी ढकालको अधुरो सपना पूरा भएको छ। एनआरएनएले यसलाई गैरआवासीय नेपालीको ठूलो उपलब्धि भनेको छ।
अब दीपमाला मिस वर्ल्डको तयारीमा जुट्नेछिन् भने मिस नेपाल इन्टरनेसनल आर्या निशान्त जापानमा र मिस नेपाल कस्मो कशिश सुब्बा भियतनाममा प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : २०८३ साउन १७ गते आइतवार
प्रतिक्रिया दिनुहोस