२०८३ मङ्सिर ५ गते शुक्रवार | 2026 November 20th Friday

आफ्नो कार्यकालका मुख्यसचिव पक्रिएपछि केपी ओली आत्तिए

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याललाई नेपाल सरकारले भारतीय प्रहरीको समन्वयमा पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अधिकारीलाई पक्राउ गरेर हस्तान्तरण गरेको ब्युरोले पुष्टि गरेको छ। उनी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा मुख्यसचिव थिए ।

मुख्यसचिवले मन्त्रीपरिषद्को बैठकमा निर्णय लेख्ने, प्रमाणित गर्ने कार्य गर्दछन् । आफ्नो कार्यकालका मुख्यसचिव पक्राउपछि ओली आत्तिएका छन् । यसैले सार्वजनिक रुपमा नै आफूहरुलाई पक्राउ गर्न डा. मनोज केसीलाई आईजीपी बनाइएको भन्दै आफू पक्राउ पर्ने संकेत ओलीले दिएका हुन् ।

 

प्रकाशित मिति : २०८३ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस