काठमाडौं । एक महिला डाक्टरको जीवन समाप्त पारिएको छ । भारत, उत्तर प्रदेशमा यस्तो घटना भएको हो । त्यहाँको ताजनागरी आग्राको पोश क्षेत्रमा शुक्रवार दिउँसो एक महिला डाक्टरको जीवन समाप्त पारिएको हो । यो घटनाले सम्पूर्ण क्षेत्रमा सनसनी फैलाएको छ ।

परिवारले टिभी ठिक गर्न आएको अपरेटरमाथि आरोप लगाएका छन् । यद्यपि प्रहरीले यस सम्बन्धलाई प्रेम प्रसंगसँग हेर्दैछ । प्रहरी नजिकै सीसीटीभी क्यामेरा खोज्दै छ । एडीजी देखि सबै प्रहरी चौकीको बल घटनास्थल पुगेको छ ।

जानकारीका अनुसार प्लास्टिक सर्जन डा. अजय सिंघल कमला नगर इलाकामा बस्दै आएका थिए । उनको डेन्टिस्ट (दाँतको डाक्टर) पत्नी ३८ वर्षीया डा. निशा र दुई बच्चाहरुसँगै थिइन् । परिवारका सदस्यहरूले भने कि अपरेटर शुभमलाई बेलुका बोलाइएको थियो, जब टिभी केबलको समस्या थियो ।

शुभम घरमा आए र दुई बच्चाहरूलाई कोठामा बस्न भनेका थिए । यसै बीचमा, शुभम निशासँगै अर्को कोठमा भएको भनिएको छ । केही समयपछि जब निशा चिच्याईन, तब बच्चाहरू बाहिर आएका थिए । बच्चाहरुलाई शुभमले तरकारी काट्न प्रयोग हुने औजार देखाउँदै डराउन खोजेका थिए । प्रहरीले सीसीएसटीभी फुटेजमा शुभम घरभित्र आइरहेको बताएको छ ।

स्रोतका अनुसार महिला डाक्टर र शुभम बीच बारम्बार लामो फोन वार्तालाप हुँदै आएको देखिन्छ । प्रहरीले यसको प्रमाण भेट्टाएको छ । केही दिन अघि उक्त महिला डाक्टरले आरोपी शुभमलाई उनको ट्रान्स यमुना क्षेत्रमा मोबाइल शप खोल्न आर्थिक सहयोग पनि गरेकी थिइन् ।

स्तब्ध छिमेकीहरू पनि यस सम्बन्धलाई लिएर निशाका पतिले पनि जानकारी पाएको बताउँछन् । पतिले सम्बन्धबारे जानकारी पाएपछि उनीहरुको सम्बन्ध संकटमा पर्न थालेको पनि बताइएको छ । यद्यपि प्रहरीले आरोपितको पहिचानको बारेमा थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु