काठमाडौ । दशा बाजा बजाएर आउँदैन । जब दशा लाग्छ । सम्पत्ति र जीवन नै सकिन्छ ।

आफू त यो संसार छोडेर गइन्छ तर बाँकी घरपरिवार गरिबीको चपेटामा पर्छन् । यसैले मानव जीवनमा अति आवश्यकीय चिज मध्ये घर प्रमुख हो ।

घरमा भएका केही नकारात्मक दोषहरु हटाएन भने मानिसलाई दशा लाग्छ । त्यही दशाले सर्वस्व सकिन्छ । मानिसले इच्छा र सपना अनुसार आफु बस्ने घर के कस्तो बनाउने हो त्यो कल्पना गरी या चित्रण गरी बनाइन्छ ।

घर बनाइसकेपछि बिभिन्न सजावटहरू सुरू गरिन्छ तर कतिपय सजावटकै सामानले घरमा असन्तुलनीय बाताबरण सिर्जना हुन्छ । आउनुहोस् बास्तु शास्त्र अनुसार घरमा के राख्ने र के नराख्ने त्यो बिषयमा केही जान्ने कोशिस गरौ । वास्तु शास्त्र अनुसार यी ६ चीज घरमा राख्दा धन क्षय हुन्छ, गरिबी निम्त्याउँछ।

परेवाको गुँड – परेवा शान्तिको प्रतिक मानिन्छ यसलाई प्रेमको संकेत पनि मानिन्छ तर वास्तु शास्त्र अनुसार परेवाको गुड छ भने अशुभ मानिन्छ । यसले घरको शान्तिस्थिती खलबलाई परिवारबिच कलह मचाउने शास्त्रले भन्छ । त्यसैले घरमा परेवाको गुड छ भने त्यसलाई हटाएर अन्यत्रै सार्नुस ।

माकुराको जालो – यदी तपाइको घरमा माकुराले जालो बनाएको छ भने तपाइलाई चारैतिरबाट त्रृण घेर्ने शास्त्रले बताउछ।साथै जालोलाई अशुभ संकेत पनि मानिन्छ यस्ले दुर्भाग्य पूर्ण घटना निम्त्याउने शास्त्रले जनाएको छ । त्यसैले आफ्नो घरबाट त्यस्ता माकुराको जालो हटाएर सफा राख्नुनै उपयुक्त हुन्छ ।

फुटेको ऐना – यदी तपाइको घरमा ऐना फुटेको छ र त्यसलाई अझैपनि भित्तामा टांगी रहनुभएको छ भने तुरून्त फाल्नुस फुटेको ऐनाले घरमा गरिबी निम्त्याउनुका साथै अनिकाल निम्त्याउने शास्त्रको ठम्याई छ ।

चमेरो – तपाइको घरमा चमेराले गुड बनाएको छ भने सम्झनुहोस तपाइले थालेको नयाँकाम पुा हुदैन , चमेरालाई दैत्यको रूपमा हेरिने हुदा यस्ले तपाइको घरको शुख शान्तिसंगै अनेको दुख कष्ट साथै तपाइको मृत्यु समेत निम्त्याउने शास्त्रको भनाइ छ ।

चर्केको भित्ता– घरको भित्ता चर्केको छ भने तुरुन्तै मर्मत गराइहाल्नुस्। यसले भित्ता केवल नराम्रो मात्रै देखाउँदैन, दुर्भाग्य र गरिबी पनि निम्त्याउँछ।

चुहिने धारो –चुहिने धाराले पानीमात्र बर्बाद मात्रै पार्दैन घरबाट सकारात्मक शक्ति बाहिर चुहिएको संकेत गर्छ। चुहिने धारा तुरुन्त मर्मत गर्नुस्।

 

सम्बन्धित खबरहरु