 
				काठमाडौ । यी किशोरीको नाम हो आस्मा शेख । उनी मात्र १७ बर्षकी भइन् । गत बर्ष उनले बोर्ड परीक्षामा अब्बल नतिजा ल्याईन् ।
अब्बल नतिजा ल्याउने आस्मा कै चर्चा किन भयो, कारण निक्कै महत्वपूर्ण छ । उनी अहिलेसम्म छाना भएको घरभित्र पसेकी छैनन् । त्यहाँको निन्द्रा कस्तो हुन्छ थाहा छैन । उनी सडकमा त्रिपाल हालेको घरमा जन्मिइन् ।
१७ बर्षसम्म त्यही वितिरहेको छ । सडकबत्तीको उज्यालोमा पढ्दै आएकी छिन् । तर सपना भने गज्जबको छ ।
उनको भाग्य छाना भएका बाबु–आमा पाउने मिलेन । तर उनी भन्छिन् ममा सौभाग्य त छ नी उनै बाबा आमालाई सडकबाट छाना भएको घरमा पुर्याउँने ।

त्यो मेरो भाग्यले हैन कर्मले पूरा गर्न चाहान्छु । उनका यी शब्द केही गर्न खोज्नेहरुका लागि कम उर्जावान् छैनन् । यो सामाग्री पढ्दा पढ्दै कतिपयका आँखाबाट आँशु बग्नेछन् ।
शेख अहिले भारतको मुम्बईमा एउटा नाम चलेको कलेजमा भर्ना हुन पाउँदा ज्यादै खुसी छिन् । स्कुलकै सहयोगमा उनी कलेज भर्ना भएकी छिन् ।
सडकमा नै पढेर ४० प्रतिशत अंक त्योपनि कहिलै स्कुल जान नपाई सरकारी स्कुलबाट परीक्षा मात्र दिएर, दिनरात काम गर्ने एउटी बच्चीको नतिजा देखेर कलेजले निशुल्क पढाउने निर्णय लिएको छ । यसैले उनको सपना पूरा हुन्छ भन्ने देखिन्छ ।
गरिबीका कारण सडकमा बस्न बाध्य उनले पढेर आफू र अभिभावकलाई आफ्नो छुट्टै घरसम्म पुर्याउने सपना देखेकी छन्। तर कोभिड महामारीका कारण उनी एक दिन पनि पढ्न जान नपाएको बताउँछिन्।
उनलाई अहिले महामारीले सडकबाट घरसम्म जाने सपनामा वज्रपात हुन्छ कि भन्ने डर लागेको छ।
तरपनि कडा मेहनतले त्यो सपना पूरा गर्ने उनको लक्ष्य छ । भनिन्छ कि यदि कुनै काम कडा मेहनत र समर्पणसँग गरिन्छ, तब सफलता पक्कै प्राप्त हुन्छ। यसको एउटा जीवित उदाहरण आस्मा शेख हुन् ।
जो मुम्बईको फुटपाथमा बस्छिन्। १७ वर्षीया अस्मा शेखले महाराष्ट्रको १० औं बोर्ड परीक्षामा ४० प्रतिशत अंक हासिल गरेकी थिइन्। उनले भनिन् पढाई को लागि धेरै मेहनत गरी रहेको छु। म रात को समयमा सडकको बत्ती उपयोग गर्दछु। दिनमा बाबा आमासँग काम गर्न जान्छु । म सामान्यतया रात मा अध्ययन गर्दछु, किनकि यस समय भीड कम हुन्छ । सडकको ध्वनी प्रदुषणपनि कम हुन्छ ।
जब आस्मालाई सोधियो बर्षातको मौसममा कसरी पढ्नुहुन्छ, उनले भनिन्, हो, बर्षामा पढ्न धेरै गाह्रो हुन्छ। तर मेरो बुबा प्लास्टिकको टाउको लुकाउन मिल्ने बनाउनुहुन्छ । त्यही भित्र छिरेर भिज्नबाट बच्छौ । चीसोमा शीतबाटपनि हामी त्यसरी नै बच्छौ । म त्यही प्लाष्टिक भित्र पढ्छु ।
आस्माका बुबा सलीम शेखले आफ्नी छोरीको सफलतामा भने, म धेरै खुसी छु कि मेरी छोरीले ४० प्रतिशत अंक ल्याएर बोर्ड परीक्षा पास गरेकी छिन् । यो मेरो लागि गर्वको कुरा हो।
मैले कक्षा १ सम्म मात्र पढेको छु। फुटपाथमा बस्ने हामी मानिसहरु योपनि मेरा लागि निक्कै मुश्किल हो । उनले अगाडि भने, म यहाँ मेरो बुबासँग आएको छु र यहाँ बचपन देखि बस्दै आएको छु। यदि मेरी छोरीले आफ्नो जीवन स्थिर र सफल बनाउन सक्छिन् भने म खुशी हुनेछु।
मेरो बुबालेपनि सडकमा नै जीवन विताउनुभयो । मेरो आधा भन्दा बढी जीवन यही वित्यो । अब छोरीको भरबाट छाना भएको घरमा र आफ्नै जमिन टेकेर यो संसारबाट विदा हुन पाए मेरोलागि स्वर्ग त्यही थियो । उनले यसो भनिरहँदा हाम्रो आँखामा समेत आँशु थामिएको थिएन ।
 
								
 
							 
							 
							 
							 
							 
							 
							 
							 
							
 
								 
								 
								 
								 
								 
								
