जनबोली विदेश ब्यूरो । के गर्न सकिदैन यदि एक व्यक्तिले चाह्यो भने । यदि यो जोश बच्चामा चढ्यो भने के हुन्छ ? त्योपनि सम्भव हुने रहेछ ।

यही कारण हो कि जुन उमेरमा बच्चाहरु खेलौना बिमानहरु उडाउनका लागि सोध्छन्, जान्न इच्छुक हुन्छन् ।

त्यो उमेर मा यो सात बर्षीय बच्चाले तीन पटक एक हवाई जहाज उडाइसकेका छन् । उनको प्रतिभा यस्तो छ कि जर्मनीका राजदूतले बच्चालाई भेट्न बोलाएका छन्।

बच्चालाई विमान उडिरहेको देख्दा यस्तो लाग्छ कि त्यहाँ एक अनुभवी व्यबसायीक पाइलट छन् जो बर्षौ देखि विमान उडाईरहेको छ।

सबैभन्दा अचम्मको कुरा यो हो कि यस बालक को जीवन मा मात्र एउटा घटना ले उनलाई उडान गर्न को लागि प्रेरित गर्यो। हामी तपाइँलाई बताउँछौं कि यी बच्चा कसरी सानो औंलाहरुले ट्याप–ट्याप विमान को बटन थिच्दछन् ।

यद्यपि युगान्डा गरीबी र भोक को कारण संसार मा कुख्यात छ । तर यहाँ प्रतिभा को कुनै कमी छैन। जब तपाइँ अफ्रिकी महाद्वीप को यो सानो देश मा बस्ने एक ७ वर्षीय बच्चालाई भेट्नुहुन्छ, तपाइँ उसको क्षमता देखेर आश्चर्यचकित हुनुहुनेछ कि तपाइँ उसका शब्दहरु सुन्दापनि छक्क पर्नुहुनेछ।

यी बच्चाको नाम ग्राहम शेमा हो। आजकल ग्राहम जताततै चर्चामा छन्। सबैले ग्राहम को धेरै प्रशंसा गर्दै छन्। उनी प्रसंशा गर्न लायक नै हो नि, किन हैन ? बच्चाले उस्तै काम गरेको छ। यति सानो उमेरमा, ग्राहम एक विमान उडाउन सक्छन् ।

उनले अहिलेसम्म तीन पटक विमान उडाएर संसारमा सनसनी मच्चाएका छन्। ग्राहम को एक साक्षात्कारमा स्थानीय मिडियाले यो खबर प्रकाशन प्रशारण गरे । यसका साथसाथै, सबै मिडिया हाउसहरूले उनलाई कप्तानको उपाधि दिइरहेका छन्। ग्राहम यति सानो उमेरमा यस्तो प्रतिभा देखाएर प्रसिद्ध भएका छन् ।

ग्राहमको गणित र विज्ञान मा धेरै रुचि छ। उनी एक पाइलट र त्यसपछि एक अन्तरिक्ष यात्री बन्न चाहन्छन्। ग्राहम मंगल ग्रह जान र काम गर्न चाहन्छन्। उनको रोल मोडेल एलोन मस्क जस्तै, ग्राहमको अन्तरिक्ष मा धेरै रुचि छ।

एकदिन हवाईजहाज उडाउने विचार ग्राहमलाई आयो जब उनी हजुरआमाको घरमा थिए। त्यहाँ एक पुलिस हेलिकप्टर उनको घर नजिकै उडिरहेको थियो। जसका कारण घरको छत भत्किएको छ। यस घटना पछि, ग्राहम विमान को बारेमा जानकारी सर्च गर्न थाले।

जब ग्राहमकी आमाले आफ्नो छोराको चासो देखिन्, उनी ग्राहमलाई एक स्थानीय उड्डयन एकेडेमीमा भर्ना गराइन्। यस पछि, ग्राहमले मात्र पाँच महिना मा पहिलो पटक विमान उडाए। अहिले सम्म, ग्राहमले तीन पटक उडान भरिसकेका छन् ।

युगान्डा बिमानस्थलमा, जब एक प्रशिक्षकले ग्राहमलाई विमानको बारेमा सोधे, उनले एक अनुभवी जस्तै, सबै विवरणहरुलाई विस्तारमा राखे। यो देखेर पाइलट पनि छक्क परे। त्यसपछि युगान्डा बिमानस्थलमा ग्राहमलाई तालिम दिने तयारी भयो । यो उनले सबै आफैले गुगलमा सर्च गरेर पढेका थिए । Read this news in Hindi language.

 

सम्बन्धित खबरहरु