२०८२ कार्तिक १८ गते सोमवार | 2025 November 3rd Monday

अमेरिका–चीनबीच तनाव उच्च, दलाई लामाको निकटता बुझेपछि चीनले फायर खोल्यो

काठमाडौं । अमेरिका–चीनबीच तनाव थप बढ्ने देखिएको छ ।

अमेरिकी कंग्रेसका सदस्यहरूले राष्ट्रपति जो बाइडेन र तिब्बती आध्यात्मिक नेता दलाई लामाबीच भेटघाट गर्न आह्वान गरेसँगै चीनले शसक्त फायर खोलेको छ ।

तिब्बतसम्बन्धी अमेरिकी कानुनलाई पूर्णरूपमा लागू गर्नुपर्ने र तिब्बतलाई चीनको हिस्सा भन्ने प्रचलन अन्त्य हुनुपर्ने उनीहरुको माग रहेपछि चीनलेपनि अर्काको स्वाभिमानमा हावी भए जेपनि गर्ने भन्दै फायर ओपन भनेको छ ।

नयाँ सिनेटमा अमेरिकी कांग्रेसका ६० भन्दा बढी सदस्यले यस्तो बताएका हुन् । राज्यका उपसचिव उज्रा जेयालाई लेखिएको पत्रबाट कांग्रेसले अहिले तिब्बत मुद्दामा ध्यान केन्द्रित गरेको स्पष्ट हुन्छ ।

६० वर्षभन्दा बढी समयदेखि चीनले क्रुरतापूर्वक कब्जा गरेको ऐतिहासिक रूपमा स्वतन्त्र राष्ट्र तिब्बतलाई अमेरिकाले निरन्तर समर्थन गर्दै आएको छ।

रिपोर्टका अनुसार जेयालाई छिट्टै विदेश विभागमा तिब्बती मामिलाका लागि विशेष संयोजकको रूपमा नियुक्त गर्न सकिन्छ। तिब्बतका लागि अभियान समूहहरूले पत्रको बारेमा भनेका छन्, ‘कांग्रेसले बाएडेन प्रशासनले तिब्बती जनतालाई समर्थन गर्न चाँडै अर्थपूर्ण रूपमा कार्य गर्ने अपेक्षा गरेको छ ।’

तिब्बतको लागि अन्तर्राष्ट्रिय अभियानले तिब्बत मुद्दामा एकजुट भएकोमा ३८ सिनेटर र २७ प्रतिनिधिहरूलाई धन्यवाद दिएको छ । जया हाल नागरिक रक्षा, लोकतन्त्र र मानव अधिकारको लागि अन्तर–राज्य सचिवको रूपमा काम गरिरहेकी छिन् ।

सन् २००२ को तिब्बती नीति ऐनले विशेष संयोजकको नियुक्तिलाई अनिवार्य गरेको छ । पत्रमा दलाई लामा र केन्द्रीय तिब्बती प्रशासनसँग संलग्न हुन प्रशासनलाई अपील गरिएको छ ।

दलाई लामाको उत्तराधिकारीलाई लिएर चिनियाँ हस्तक्षेपको विरोध गर्न पनि अपील गरिएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको सरकारले ८६ वर्षीय दलाई लामालाई आफ्नो उत्तराधिकारी नियुक्त गर्ने योजना बनाएको छ, तर २०२० तिब्बती नीति तथा समर्थन ऐनले दलाई लामा र तिब्बती बौद्ध समुदायले मात्रै उत्तराधिकारीको रूपमा निर्णय गर्न सक्ने बताएको छ ।

 

प्रकाशित मिति : २०७८ पुष १ गते बिहिवार