काठमाडौं । चिर्चित अभिनेत्री दिया मास्केले आफूमाथि भएको यौन दुर्व्यहारको खुलासा गरेकी छिन् ।

निक्कै भावुक र संवेदनशील बन्दै आर्टिष्ट खबरमा उनले विगतमा भएको यौन दुर्व्यवहारको बारेमा बोलेकी हुन् ।

अहिले महिलाहरुमाथी हुने यौन दुर्व्यवहारको खुलासा हुँदै आएको छ तपाईमा चै अहिलेसम्मको जीवनमा के कस्ता घटना घटेका छन् ? भन्ने प्रस्तोताको प्रश्नमा दिया भन्छिन् ।

संसारमा कोहीपनि केटी मान्छे यौन दुर्व्यवहारको शिकार भएका छैनन् भन्न सक्दिन । कसैलाई एकदम ठूलो भएको होला, कसैलाई सानोतिनो भएको होला ।

ठूला जघन्य अपराधले एउटा केटी मान्छेलाई जीन्दगीभर हण्ट गर्छ, हण्ट भइराख्छ । मलाईपनि भएको छ । मलाई थाहा छ, की थाहा छैन । तर आज म एउटा कुरा भन्न चाहान्छु । म बच्चाहरुको ग्रुपमा छु क्या ।

आजका चर्चित पोष्टहरु पढ्न यहाँ राखिएको हेडलाईनमा थिच्नुहोस् ।

मेरै स्कुलको सानो बच्चाहरुसँग छु क्या । एउटा घटना मलाई थाहा छ । कति बर्षको थियौँ र हामी । म्याक्सिमम भनेको ८ बर्षको बच्चाहरु थियो है ।

म ८ बर्षको थिए । स्कुलको मेरो कक्षाको सबैभन्दा ठूलो नै म थिए होला । अरु त ५,६,७ बर्षकोपनि थियो । धेरै भए ९ बर्षको सम्म थियो होला । बसमा यसरी साथी–साथी खप्टेर सुतिरहेको थियौँ ।

कसैले कल्पना गरोस् की त्यो बेला हामी कसैको पिरियडपनि भएको थिएन । म अलिक मोटी थिए । सुटिङमा गएको बेला हो । दिन रात सुटिङले थाकेका छौ । मलाई अचानक असजिलो फिल भयो ।

आँखा खोलेर हेर्दा सुटिङका लगि लगिएको बसको ड्राईभरले मेरो ब्रष्ट मज्जाले पक्रिएको थियो । आइ डण्ट नो, म त्यो बच्चालाई के रमाईलो भयो होला । कम्तिमा त्यो मान्छे ३० बर्षको थियो होला ।

मैले केहीपनि भन्न सकिन । त्यो बेला मलाई डर लाग्यो । त्यो उमेरमा डर लाग्छ के । अनि म सुतेको जस्तै नाटक गरेर प्रतिकार नगरी छोडिदिए मैले । ८ बर्षको बच्चा मलाई के थाहा की त्यहाँ के भइरहेको थियो । त्यस्तो मलाईपनि भएको छ । त्यो चीज चै ड्राइभरले मात्र हैन मलाई स्कुलको टिचरलेपनि गरेको छ ।

त मलाई किस गर, म तलाई पास गरिदिन्छु सम्म भनेको छ । सिरियस्ली सर मैले तपाईलाई अहिले भेट्यो भने हैन । म १४ बर्षको थिए, होला त्यो बेला । तपाईले यो अन्तर्वार्ता हेर्नुभयो भने म छोड्नेवाला छैन ।

म तपाईलाई एक झापड चै दिन्छु । सिरियस्ली मलाई अहिलेपनि त्यो बेला मैले किन बिरोध गर्न सकिन भनेर हिनतावोध छ दियाले भनिन् । यस्तो बसहरुमा भएको छ । त्यसले जीन्दगीभर हण्ट गर्छ ।

यो चै समाजले विचार गर्नुपर्ने कुरा हो भन्ने लाग्छ दिया भावुक बन्दै भनिन् । त्यसपछि प्रस्तोताले यत्रो बेला सम्म चै किन चुप लागेर बसिस् भन्नेपनि हुन्छन् त्यस्तालाई के भन्नुहुन्छ ? भनेर प्रश्न गरिन् ।

दियाले भनिन् बुझ्न नसकेको कुरो । त्यो जुत्तामा चै आफ्नो खुट्टा राखेर नहेरेको हो । जो चिच्याई–चिच्याई बोल्नुहुन्छ नी एक चोटी आफ्नो दिदिबहिनी राखेर हेर्नुहोस् । सोच्नुहोस् । भन्न कति गाह्रो छ । त्यो त्यति सजिलो हैन । १० बर्ष या २० बर्षपछि भनिएपनि त्यो सुन्न जरुरी छ ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (घण्टि) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

सम्बन्धित खबरहरु