काठमाडौं । हरेक मानिसलाई आफू जन्मिएको महिना राम्रो नराम्रो के होला भन्ने जिज्ञासा हुन्छ ।

भविष्यको चिन्ताले गर्दा हरेक व्यक्ति ज्योतिषसँग परामर्श समेत लिने गरिरहेका हुन्छन् । यसै बिच ज्योतिष शास्त्रका अनुसार १२ महिनामा जन्मिएका व्यक्ति फरकफरक स्वभावका हुने गर्छन् ।

विक्रम सम्बत हिन्दू पञ्चाङ्गमा आधारित नेपालको राष्ट्रिय पात्रो हो । विक्रम सम्बत अनुसार बैशाख पहिलो महिना हो । यस महिनामा जन्मिएका व्यक्तिको भाग्य बलियो हुने गर्दछ । यिनीहरु प्रशस्त धन आर्जन गरी सु:खी र सम्पन्न तरिकाले जीवन बिताउने गर्दछन् ।

उनीहरू हेर्दा निकै सुन्दर हुनुका साथै असल चरित्रका हुन्छन् । बैशाख महिनामा जन्मिएका मानिसहरु कला, साहित्य, वैदेशिक व्यापार र प्रशासन क्षेत्रमा काम गर्दा निकै सफल हुन्छन् । धर्म कर्ममा विशेष रुचि रहनुका साथै समाजसेवामा पनि लाग्ने प्रकृतिका हुन्छन् । तर अलिक सन्कि र लापरबाहीले गर्दा उनीहरूे गरेका सबै काम सफल नहुन सक्छन्, जसकारण विभिन्न बाधाहरुको सामाना गर्नुपर्छ ।

जेठमा जन्मिएका मानिसहरु मिजासिलो स्वभाव हुनुका साथै धनवान र बुद्धिमान हुने गर्दछन् । उनीहरू सजिलै सम्पती कमाउने, जताततै साथीहरु बनाउने, जहाँ गए पनि धन कमाउन सक्छन् । जेठ महिनामा जन्मिएका मानिस शारिरिक रुपमा बलिया देखिए पनि भित्रबाट केही कमजोर हुने हुँदा सामान्य मौसम फेरबदल हुँदा बिरामी पर्न सक्छन् । उनीहरुको प्रेम र बैवाहिक जीवन रमाईलो हुने गर्दछ ।

असार महिनामा जन्मिएका मानिसहरु सकरात्मक सोचका धनी हुन्छन् । धन नास हुने योगले गर्दा जीवनको अधिकांश समय दु:खमा बित्छ ।

साउन महिनामा जन्मिएका मानिसहरु ठुलो शरीर भए पनि सालिन स्वभावका हुन्छन् । सबैसँग मिलेर काम गर्ने हुँदा बद्लामा पनि सबैको साथ र सहयोग मिल्छ । केही धन नास हुँदा पीडित जस्तो देखिए पनि सबै खाले परिस्थतलाई अनुकुल बनाउदै अगाडि बढ्नुपर्छ । उनीहरु बाहिरबाट सुन्दर,आर्कषक देखिए पनि मन भने सोचेजस्तो सफा हुदैन ।

भदौं महिनामा जन्मेका मानिसहरु दयालु, सरल स्वभाबका हुन्छन् । व्यापार व्यवसायमा चाँडै सफलता प्राप्त गर्न सजिलो हुन्छ । उच्च बौद्धिक क्षमताका भएका कारण उनीहरु निकै धन आर्जन गर्न सफल हुन्छन् । यस महिनामा जन्मेका मान्छेहरुलाई पारिवारीक वातावरणमा रमाईलो गर्दै खानाखान मन पर्छ ।

असोज महिनामा जन्म भएका मानिसहरु कर्तव्य निष्ट, धनवान र सौभाग्यशाली हुने गर्दछन् । उच्च रचनात्मक क्षमता भएका उनीहरुले कला क्षेत्रमा उच्च सफलता आर्जन गर्न सक्छन् ।

कात्तिक महिनामा जन्मिएका मानिसहरु परिश्रमी र धनवान हुने विश्वास गरिन्छ । यिनीहरुको निर्णय लिन सक्ने क्षमता कम हुने भएका कारण अर्काको कुरा सुनेर अगाडि बढ्दा असफल हुन्छन् । निरन्तर असफल हुँदा हार मानेर बस्ने स्वभाव उनीहरुको हुँदैन् । उनिहरुको जीवन दु:ख सु:ख सँगै बित्छ ।

मंसिर महिनामा जन्मेका मानिसहरु धनी, भाग्यमानी र परोपकारी हुने गर्दछन् । हेर्दा भलादमी देखिए पनि सामान्य हुन्छन् । उनीहरुको दिमाग निकै तेजिलो हुने गर्छ । उनीहरु मान सम्मान प्राप्त गर्न सक्छन् । साथै उनीहरुलाई कसैले झुटो बोलेको मन पर्दैन् । यदी कसैले नराम्रो व्यवहार गर्यो भने सबैभन्दा खराब दुश्मन मान्छन्, सोही कारण यस महिनामा जन्मेका मान्छेहरुसँग संगत गर्दा ख्याल गर्नुपर्छ ।

पुसमा जन्मिएका मानिसहरु आँटिला, जोसिला र महत्वकान्छी हुने गर्छन् । धर्म कर्ममा खासै रुचि नराख्ने उनीहरु कठोर स्वभावका हुन्छन् । आफ्नै प्रयासले गर्दा सम्मान पाउनुका साथै उनीहरु वचनका पक्का हुने आम बुझाई रहेको छ । उनीहरुलाई यात्रा गर्न र नयाँनयाँ ठाउँ घुम्न मनपर्छ । यीनिहरुले शिक्षक, प्राविधिक, सञ्चारकर्मी जस्ता पेसामा सफलता पाउछन् ।

माघ महिनामा जन्मिएका मानिसहरु बौद्धिक क्षमता उच्च भएका, इमान्दार, साहसी र सम्पन्न हुन्छन् । शंकालु र चञ्चल स्वभावका उनीहरुमा रुखो बोली बोल्ने प्रवृतिका हुने गर्छन् । यस महिनामा जन्म हुने व्यक्तिले कहिल्लै कुभलो चाँहदैनन् । बढी बौल्दै गर्दा कहिलेकाहीँ ठूला विवादमा फस्न सक्छन् । व्यापार–व्यवसाय र राजनीति पेसा अंगालेमा सफलता पाउन सकिन्छ ।

फागुनमा जन्मिएका मानिसहरु बुद्धिमान, उपकारी धनवान र मिजासिला हुने गर्दछन् । स्वतन्त्र स्वभावका हुने हुँदा एकै ठाउँमा टिकेर काम गर्न चाहाँदैनन् । मोजमस्तिले गर्दा कुलतमा फेसियो भने धेरै समस्या भोग्नु पर्ने हुन्छ । अलि कुरौटे हुँनाले यी मानिससँग गोप्य कुरा खोल्नु हुँदैन ।

चैत्र महिनामा जन्म भएका मानिसहरु मिजासिला, बौद्धिक क्षमता उच्च भएका हुन्छन् । सुन्दर मुहार भएका हँसिला देखिन्छन् । रचनात्मक कामका सफलता मिल्न सक्छ । थुप्रै धन मिल्ने भएकाले कुनै संकट भोग्नु पर्ने अवस्था आउँदैन् ।

 

सम्बन्धित खबरहरु