२०८२ कार्तिक १८ गते सोमवार | 2025 November 3rd Monday

चन्द्रग्रहणको यो साता यी ६ राशिमा के हुँदैछ जान्नुहोस् साप्ताहिक राशिफल जान्नुहोस्

नोभेम्बर ८ तारिख अर्थात मंगलबार चन्द्रग्रहण लाग्दैछ । हामी चन्द्रग्रहणको साता कुन राशिलाई कस्तो छ बताइरहेका छौ । यसअघि ६ वटा राशिको बताएका छौ । अब यहाँ बाँकी यी ६ राशिमा के हुँदैछ । जान्नुहोस् साप्ताहिक राशिफल जान्नुहोस्...

तुला – नयाँ साताले तपाईका लागि काम र व्यापारमा शुभ फल दिनेछ। यो साता विदेशमा अध्ययन गर्न जान चाहने विद्यार्थीको भिसा आउन सक्नेछ । यो साता पेटसम्बन्धी समस्या आउन सक्छ। त्यसैले खानपानमा पनि ध्यान दिनुपर्छ । बैंक तथा मार्केटिङको कामसँग जोडिएकालाई केही तनाव हुन सक्छ । लक्ष्य प्राप्तिको लागि थप संघर्ष गर्नुपर्ने हुन सक्छ।

वृश्चिक – नोभेम्बर ६ बाट सुरु हुने साता तपाईको लागि महत्वपूर्ण रहनेछ। साताको अन्त्यमा अर्थात नोभेम्बर १३ मा ग्रहको राजकुमार बुध तपाईको राशिमा प्रवेश गर्दैछ । वृश्चिक राशिको स्वामी मंगल हो। बुध र मंगल एकअर्काका साथी हुन्। बुधवार धेरै रमाइलो हुनेछ। तसर्थ, यसले तपाईको पैसा, व्यवसाय र करियर आदिको लागि शुभ परिणाम ल्याउन सक्छ।

धनु – करियरको हिसाबले यो साता तपाईको लागि विशेष रहनेछ। विद्यार्थीहरूले थप मेहनत गर्नुपर्ने हुन सक्छ। यस अवधिमा आफूले ऋण लिएका व्यक्तिहरूलाई फिर्ता गर्न कठिनाइ हुन सक्छ। नयाँ ऋण लिने सोच पनि नगर्नुहोस्, यो समय उपयुक्त छैन। आफ्नो जीवनसाथीको स्वास्थ्यप्रति गम्भीर हुनुहोस्। यात्राको योग रहेको छ । यी यात्राहरू लाभदायक हुन सक्छन्। अरुको नराम्रो कुराबाट बच्नुहोला ।

मकर – शनिको राशि मकर राशिका लागि यो साता राम्रो रहनेछ। मिहिनेतको फल मिल्नेछ । पैसा लिएर सम्पर्कमा नआएकाले घर आएर पैसा फिर्ता गर्न सक्नेछन् । बजारमा पैसा अड्किएको छ भने त्यसलाई हटाउने प्रयास गर्नुहोस्, सफलता मिल्नेछ । शनिबार शनिदेवको पूजा गर्नाले साढे सतीको प्रभाव कम हुन्छ । रोकिएका कामहरु पुरा हुन सक्नेछन् ।

कुम्भ – नोभेम्बर ६ बाट सुरु हुने नयाँ साता स्वास्थ्य र धनको दृष्टिले राम्रो रहनेछ। यस समयमा तपाईले पैसा सम्बन्धी समस्याबाट छुटकारा पाउनुहुनेछ। ऋण आदिको किस्ताबाट राहत मिल्ने देखिन्छ । कुनै रोग आदिबाट छुटकारा पाउन सकिन्छ भने । सन्तानको पढाईमा चिन्ता रहनेछ । परिवारमा ध्यान दिनु पर्नेछ ।

मीन – लामो समयदेखि झगडा गरिरहनुभएको समस्याबाट मुक्ति पाउने प्रक्रिया सुरु हुनेछ। तपाईका सहकर्मीहरूले अहंकारका कारण तपाईबाट टाढा रहन सक्छन्। यसबाट बच्ने प्रयास गर्नुहोस्। प्रशासकीय पदमा भएका व्यक्तिहरूले फाइदा लिन सक्छन्। स्थानान्तरण र बढुवाको स्थिति पनि आउन सक्छ, नयाँ कामको खोजीमा रहेका व्यक्तिहरूले पनि राम्रो अवसर प्राप्त गर्न सक्छन्। तर पुरानो कार्यालय छोड्न गाह्रो हुनेछ।

यहाँ क्लिक गर्नुभयो भने राशिफल अन्य भाषामा आफै खुल्नेछ । आफूले पढिसक्नुभएकाले सबैको जानकारीका लागि सेयर गर्न नभुल्नुहोला ।

प्रकाशित मिति : २०७९ कार्तिक १९ गते शनिवार