२०८३ जेष्ठ २७ गते बुधवार | 2026 June 10th Wednesday

देश लुट्नेमा नेपाली कांग्रेस पहिलो ! इतिहासदेखि वर्तमानसम्म कसले कति शासन गरे ? {सुचीसहित}

इन्द्र आचार्य /
नेपालको कार्यकारी पद प्रधानमन्त्रीमा कसले कति समय शासन गरे ? यो सबैको जिज्ञासाको विषय हो । नेपाल एकीकरणपछिको शासन चक्रलाई गणितिय हिसाबबाट विश्लेषण गर्ने हो भने सबैको जिज्ञासाको जवाफ पक्कै आउनेछ । नेपाल एकीकरणपश्चात (सन् १७६८-१७९९) सम्म प्रधानमन्त्री अर्थात कार्यकारी प्रमुख सरह मुलकाजी र देवानकाजीले शासन सत्ता सञ्चालन गरेको देखिन्छ । इतिहासले सन् १८०६ मा प्रधानमन्त्री बनेका भीमसेन थापालाई नेपालको पहिलो प्रधानमन्त्री मानेपनि सन् १७९९ मा नै दामोदर पाण्डेले देशको कार्यकारी पद सम्हालेको इतिहास भेटिन्छ ।

सन् १७९९ देखि सन् २०१७ (हाल) सम्म आईपुग्दा राणा, थापा र पञ्चायत पक्षसँगै राजनीतिक दलहरुले शासनको बागडोर सम्हालेको पाईन्छ । अघिल्ला शासन युगमा भन्दा यो शासन चक्रमा देशले विकास गर्न नसकेको भन्दै आम जनतामा वितृष्णा छाएको छ । यो समय देशलाई कायापलट ल्याउने गरी कसैलेपनि शासन सञ्चालन गर्न नसकेको देखिन्छ । जसका कारण नेपाली जनतामा धेरै वितृष्णा छाएको पाईन्छ । यसअर्थमा पछिल्ला नेपाली शासकहरुले नेपालका लागि के गरे ? भन्दापनि कसले कति लुटे भनेर व्यांग्य गर्ने गरिन्छ ।

निर्वाचनको मुखमा कुनै दल या पक्षले यति शासन गरे कसले के गरे ? भन्ने प्रश्न उठिरहेका बेला कुन पक्ष वा दलले कति समय शासन गरे त्यो अबधिमा किन काम गर्न सकेनन् त्यो यर्थात यहाँ प्रस्तुत गर्ने हो भने सायद यो बेला दलहरुले जनता झक्याउन सक्नेछैनन् । इतिहासको हिसाबले राजनीतिक दलहरु मध्य नेपाली कांग्रेसले सबैभन्दा धेरै अवधि सत्ता हत्याएको प्रष्ट छ । थापा पक्ष, राणा पक्ष र पञ्चायत पक्षपछि नेपाली कांग्रेसले धेरै समय शासन गरेको छ ।

दलगत शासन अवधि हेर्ने हो भने, नेपाली कांग्रेस ६ हजार ७ सय ७७ दिन, नेकपा एमाले १ हजार ४ सय ९ दिन, नेकपा माओवादीले १ हजार १ सय ४९ दिन, राष्ट्रिय प्रजातन्त्र पार्टी १ हजार दिन, संयुक्त लोकतान्त्रिक पार्टीले २ सय ९३ दिन, नेपाल प्रजा परिषद्ले ५ सय ४६ दिन मुलुकको शासन सत्ताको चावी बोकेको देखिन्छ । दलहरु बाहेक सबैभन्दा धेरै राणा शासक पक्षले ३८ हजार ३ सय ९३ दिन, थापा काजी पक्षहरुले १२ हजार ५ सय १८ दिन, पञ्चायत पक्षहरुले १० हजार ७ सय ४६ दिन, पाण्डे पक्षले २ हजार ५ सय ५५ दिन र चौतरिया पक्षले १ हजार ५ सय ३४ दिन सत्ताको बागडोर सम्हालेका छन् । बाँकी केही दिन शाह वंशीय राजतन्त्र रहेको शासन व्यवस्थामा राजाले नै शासन हत्याएको पाईन्छ ।

साढे १८ बर्षभन्दा बढी सत्तामा पुगेको नेपाली कांग्रेस अहिले फेरी सत्ताको नेतृत्व गरिरहेको छ । बारम्बार सत्तामा पुग्ने तर जनभावना अनुरुप काम गर्न नसक्ने नेतृत्वहरुकै कारण देश विकास हुन सकेको छैन । जसले जनतामा चरम वितृष्णा आएको छ । जसको पहिलो कारण नै असफल सत्ता सञ्चालक हुन् ।

विश्लेषणात्मक सुची यहाँ प्रस्तुत गरिएको छ ।

                विभिन्न दल र पक्षले शासन गरेको कुल अवधि दलगत र पक्षगत रुपमा देखाईएको छ ।
नेपाली कांग्रेस

७७७ दिन

नेकपा एमाले

१४०९ दिन

नेकपा माओवादी (केन्द्र)

११४९ दिन

राष्ट्रिय प्रजातन्त्र पार्टी

 १००० दिन

पञ्चायत पक्ष

 १०७४६ दिन

संयुक्त लोकतान्त्रिक पार्टी

२९३ दिन

नेपाल प्रजा परिषद्

 

५४६ दिन

राणा पक्ष

३८३९३ दिन

चौतरिया पक्ष १५३४ दिन थापा पक्ष

१२५१८ दिन

पाण्डे पक्ष

२५५५ दिन

नेपाल अधिराज्य (राजतन्त्र)मा भएका प्रधानमन्त्रीहरूको सूची (सन् १७९९–२००८)

 Damodar Pande.jpg दामोदर पाण्डे 
(१७५२-१८०४)
१७९९ १८०४

१८२५ दिन

पाण्डे पक्ष
 Rana Bahadur Shah.jpg राजा - रणबहादुर शाह द्वारा शासन संचालित
(१७७७-१८०६)
१८०४ १८०६

७३० दिन

 Bhimsen Thapa from Art et Civilisation.jpg भीमसेन थापा
(१७७५-१८३९)
१८०६ १८३७

११३१५ दिन

थापा पक्ष
रणजङ्ग पाण्डे (१/२)
(?–१८४३)
१८३७ १८३७

३६५ दिन

पाण्डे पक्ष
 Portrait of Rangnath Paudel.jpg पण्डित रङ्गनाथ पौडेल (१/२)
(१७७३–?)
१८३७ १८३८

३६५ दिन

थापा पक्ष
 Pushkarnepal.jpg चौतरिया पुष्कर शाह
(१७८४-१८४६)
१८३८ १८३९

३६५ दिन

चौतरिया पक्ष
(३) रणजङ्ग पाण्डे (२/२)
(?-१८४३)
१८३९ १८४०

३६५ दिन

पाण्डे पक्ष
(४)  Portrait of Rangnath Paudel.jpg पण्डित रङ्गनाथ पौडेल (२/२)
(१७७३-?)
१८४० १८४०

३६५ दिन

थापा पक्ष
चौतरिया फत्तेजङ्ग शाह (१/२)
(१८०५-१८४६)
नोभेम्बर १८४० जनवरी १८४३

७९१ दिन

चौतरिया पक्ष
 PrimeMinister Mathbarsingh Thapa.jpg माथवरसिँह थापा
(१७९८-१८४५)
२८ नोभेम्बर १८४३ १७ मे १८४५

५३६ दिन

थापा पक्ष
(६) चौतरिया फत्तेजङ्ग शाह (२/२)
(१८०५-१८४६)
सेप्टेम्बर १८४५ १४ सेप्टेम्बर १८४६

३७८ दिन

चौतरिया पक्ष

राणा शासनकालमा भएका प्रधानमन्त्रीहरू (१८४६-१९५०)

# चित्र प्रधानमन्त्रीको नाम
(जन्म-मृत्यु)
अवधि राजनैतिक दल वा समुह
पदभार सम्भालेको पदभार छोडेको
 Jung bahadur 1877.jpg जङ्गबहादुर कुँवर राणा (१/२)
(१८१७-१८७७)
१५ सेप्टेम्बर १८४६ १ अगस्त १८५६ ३६०८ दिन राणा पक्ष
बमबहादुर कुँवर राणा
(१८१८-१८५७)
१ अगस्त १८५६ २५ मे १८५७

२९७ दिन

राणा पक्ष
कृष्णबहादुर कुँवर राणा (कार्यकारी)

(१८२३-१८६३)

२५ मे १८५७ २८ जुन १८५७

३१ दिन

राणा पक्ष
(८)  Jung bahadur 1877.jpg जङ्गबहादुर राणा (२/२)
(१८१७-१८७७)
२८ जुन १८५७ २५ फेब्रुअरी १८७७

७१८२ दिन

राणा पक्ष
१०  Ranaudip Singh Bahadur Rana.jpg रणोद्दिप सिँह कुँवर राणा
(१८२५-१८५५)
२७ फेब्रुअरी १८७७ २२ नोभेम्बर १८८५  ३१९२ दिन राणा पक्ष
११  Bir Shamsher Jang Bahadur Rana.jpg वीर शम्शेर जङ्गबहादुर राणा
(१८५२-१९०१)
२२ नोभेम्बर १८८५ ५ मार्च १९०१ ५५८२ दिन राणा पक्ष
१२  Dev Shamsher Jang Bahadur Rana.jpg देव शम्शेर जङ्गबहादुर राणा
(१८६२-१९१४)
५ मार्च १९०१ २७ जुन १९०१

११४ दिन

राणा पक्ष
१३ चन्द्र शम्शेर जङ्गबहादुर राणा
(१८६३-१९२९)
२७ जुन १९०१ २६ नोभेम्बर १९२९  १०३६६ दिन राणा पक्ष
१४ भिम शमशेर जङ्गबहादुर राणा
(१८६५-१९३२)
२६ नोभेम्बर १९२९ १ सेप्टेम्बर १९३२

१०१० दिन

राणा पक्ष
१५  Juddha Shamsher Jang Bahadur Rana.jpg जुद्ध शम्शेर जङ्गबहादुर राणा
(१८७५-१९५२)
१ सेप्टेम्बर १९३२ २९ नोभेम्बर १९४५

४८३७ दिन

राणा पक्ष
१६  Padma Shamsher Jang Bahadur Rana.jpg पद्म शमशेर जङ्गबहादुर राणा
(१८८२-१९६१)
२९ नोभेम्बर १९४५ ३० अप्रिल १९४८

८८३ दिन

राणा पक्ष
१७  Mohan Shamsher Jang Bahadur Rana.jpg मोहन शम्शेर जङ्गबहादुर राणा
(१८८५-१९६७)
३० अप्रिल १९४८ १२ नोभेम्बर १९५१

१२९१ दिन

राणा पक्ष

छोटो प्रजातान्त्रिक कालमा भएका प्रधानमन्त्रीहरू (१९५०-१९६०

# चित्र प्रधानमन्त्रीको नाम
(जन्म-मृत्यु)
अवधि राजनैतिक दल वा समुह शासन गरेको जम्मा दिन
पदभार सम्भालेको पदभार छोडेको  
१८  JFKWHP-KN-C18540.jpg मातृका प्रसाद कोइराला (१/२)
(१९१२-१९९७)
१६ नोभेम्बर १९५१ १४ अगस्त १९५२ नेपाली काँग्रेस २६३ दिन
 Tribhuvan.jpg राजा - त्रिभुवन वीर विक्रम शाह द्वारा शासन संचालित
(१९०६-१९५५)
१४ अगस्त १९५२ १५ जुन १९५३ ३०४ दिन
१८  JFKWHP-KN-C18540.jpg मातृका प्रसाद कोइराला (२/२)
(१९१२-१९९७)
१५ जुन १९५३ १४ अप्रिल १९५५ नेपा काँग्रेस ६६८ दिन
 Mahendra of Nepal.jpg राजा महेन्द्र वीर विक्रम शाह द्वारा शासन संचालित
(१९२०-१९७२)
१४ अप्रिल १९५५ २७ जनवरी १९५६ २८८ दिन
१९ टङ्क प्रसाद आचार्य
(१९१२-१९९२)
२७ जनवरी १९५६ २६ जुलाई १९५७ नेपाल प्रजा परिषद् ५४६ दिन
२० डा. के. आई. सिँह
(१९०६-१९८२)
२६ जुलाई १९५७ १५ मे १९५८ संयुक्त लोकतान्त्रिक पार्टी २९३ दिन
२१ 60px सुवर्ण शम्शेर राणा
(१९१०-१९७७)
१५ मे १९५८ २७ मे १९५९ नेपाली काँग्रेस ३७७ दिन
२२  Bishweshwar Prasad Koirala.png विश्वेश्वर प्रसाद कोइराला
(१९१४-१९८२)
२७ मे १९५९ २६ डिसेम्बर १९६० नेपाली काँग्रेस ५७९ दिन

पञ्चायत कालमा भएका प्रधानमन्त्रीहरू (१९६०-१९९०)

# चित्र प्रधानमन्त्रीको नाम
(जन्म-मृत्यु)
अवधि राजनैतिक दल वा समुह  
पदभार सम्भालेको पदभार छोडेको  
२३ तुल्सी गिरी (१/३)
(१९२६-)
२६ डिसेम्बर १९६० २३ डिसेम्बर १९६३ पञ्चायत पक्ष १०९२ दिन
२४  Surya bahadur.jpg सूर्य बहादुर थापा (१/५)
(१९२८-)
२३ डिसेम्बर १९६३ २६ फेब्रुअरी १९६४ पञ्चायत पक्ष ६५ दिन
(२३) तुल्सी गिरी (२/३)
(१९२६-)
२६ फेब्रुअरी १९६४ २६ जनवरी १९६५ पञ्चायत पक्ष ३६५ दिन
(२४)  Surya bahadur.jpg सूर्य बहादुर थापा (२/५)
(१९२८-)
२६ जनवरी १९६५ ७ अप्रिल १९६९ पञ्चायत पक्ष १५३२ दिन
२५ किर्ती निधि बिष्ट (१/३)
(१९२७-)
७ अप्रिल १९६९ १३ अप्रिल १९७० पञ्चायत पक्ष ३७१ दिन
 Gahendra Bahadur Rajbhandari.jpg गेहेन्द्र बहादुर राजभण्डारी (कार्यकारी)
(१९२३-)
१३ अप्रिल १९७० १४ अप्रिल १९७१ पञ्चायत पक्ष ३६६ दिन
(२५) कीर्ति निधि बिष्ट (२/३)
(१९२७-)
१४ अप्रिल १९७१ १६ जुलाई १९७३ पञ्चायत पक्ष ८३४ दिन
२६ नगेन्द्र प्रसाद रिजाल (१/२)
(१९२७-१९९४)
१६ जुलाई १९७३ १ डिसेम्बर १९७५ पञ्चायत पक्ष ८५८ दिन
(२३) तुल्सी गिरी (३/३)
(१९२६-)
१ डिसेम्बर १९७५ १२ सेप्टेम्बर १९७७ पञ्चायत पक्ष ६६५ दिन
(२५) कीर्ति निधि बिष्ट (३/३)
(१९२७-)
१२ सेप्टेम्बर १९७७ ३० मे १९७९ पञ्चायत पक्ष ६२५ दिन
(२४)  Surya bahadur.jpg सूर्य बहादुर थापा (३/५)
(१९२८-)
३० मे १९७९ १२ जुलाई १९८३ पञ्चायत पक्ष १५०४ दिन
२७ लोकेन्द्र बहादुर चन्द (१/४)
(१९४०-)
१२ जुलाई १९८३ २१ मार्च १९८६ पञ्चायत पक्ष ९८३ दिन
(२६) नगेन्द्र प्रसाद रिजाल (२/२)
(१९२७-१९९४)
२१ मार्च १९८६ १५ जुन १९८६ पञ्चायत पक्ष ८६ दिन
२८ मरिचमान् सिँह श्रेष्ठ
(१९४२-२०१३)
१५ जुन १९८६ ६ अप्रिल १९९० पञ्चायत पक्ष १३९१ दिन
(२७) लोकेन्द्र बहादुर चन्द (२/४)
(१९४०-)
६ अप्रिल १९९० १९ अप्रिल १९९० पञ्चायत पक्ष ९ दिन

संबैधानिक राजतन्त्रमा भएका प्रधानमन्त्रीहरू (१९९०-२००८)

# चित्र प्रधानमन्त्रीको नाम
(जन्म-मृत्यु)
अवधि राजनैतिक दल  
पदभार सम्भालेको पदभार छोडेको दिन  
२९  Krishna p Bhattarai.jpg कृष्ण प्रसाद भट्टराई (१/२)
(१९२४-२०११)
१९ अप्रिल १९९० २६ मे १९९१ ४०२ नेपाली कांग्रेस
३०  Girija P koirala.jpg गिरिजा प्रसाद कोइराला (१/५)
(१९२५-२०१०)
२६ मे १९९१ ३० नोभेम्बर १९९४ १२८४ नेपाली कांग्रेस
३१ मनमोहन अधिकारी
(१९२०-१९९९)
३० नोभेम्बर १९९४ १२ सेप्टेम्बर १९९५ २८६ नेकपा एमाले
३२  Sherbahadurdeuba.jpg शेरबहादुर देउबा (१/३)
(१९४६-)
१२ सेप्टेम्बर १९९५ १२ मार्च १९९७ ५४७ नेपाली कांग्रेस
(२७) लोकेन्द्र बहादुर चन्द (३/४)
(१९४०-)
१२ मार्च १९९७ ७ अक्टोबर १९९७ २०९ राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
(२४)  Surya bahadur.jpg सूर्य बहादुर थापा (४/५)
(१९२८-)
७ अक्टोबर १९९७ १५ अप्रिल १९९८ १९० राष्ट्रिय प्रजातन्त्र पार्टी
(३०)  Girija P koirala.jpg गिरिजा प्रसाद कोइराला (२/५)
(१९२५-२०१०)
१५ अप्रिल १९९८ ३१ मे १९९९ ४११ नेपाली कांग्रेस
(२९)  Krishna p Bhattarai.jpg कृष्ण प्रसाद भट्टराई (२/२)
(१९२४-२०११)
३१ मे १९९९ २२ मार्च २००० २९६ नेपाली कांग्रेस
(३०)  Girija P koirala.jpg गिरिजा प्रसाद कोइराला (३/५)
(१९२५-२०१०)
२२ मार्च २००० २६ जुलाई २००१ ४९१ नेपाली कांग्रेस
(३२)  Sherbahadurdeuba.jpg शेरबहादुर देउबा (२/३)
(१९४६-)
२६ जुलाई २००१ ४ अक्टोबर २००२ ४३५ नेपाली कांग्रेस
राजा ज्ञानेन्द्र वीर विक्रम शाह द्वारा शासन संचालित
(१९४७-)
४ अक्टोबर २००२ ११ अक्टोबर २००२
(२७) लोकेन्द्र बहादुर चन्द (४/४)
(१९४०-)
११ अक्टोबर २००२ ५ जुन २००३ २३७ राष्ट्रिय प्रजातन्त्र पार्टी (चन्द)
(२४)  Surya bahadur.jpg सूर्य बहादुर थापा (५/५)
(१९२८-)
५ जुन २००३ ३ जुन २००४ ३६४ राष्ट्रिय प्रजातन्त्र पार्टी
(३२)  Sherbahadurdeuba.jpg शेरबहादुर देउबा (३/४)
(१९४६-)
३ जुन २००४ १ फेब्रुअरी २००५ २४३ नेपाली कांग्रेस (लोकतान्त्रिक)
 Gyanendra 01.jpg राजा ज्ञानेन्द्र वीर विक्रम शाह द्वारा शासन संचालित
(१९४७-)
१ फेब्रुअरी २००५ २५ अप्रिल २००६ ४४८
(३०)  Girija P koirala.jpg गिरिजा प्रसाद कोइराला (४/५)
(१९२५-२०१०)
२५ अप्रिल २००६ २८ मे २००८ ७६४ नेपाली कांग्रेस

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा भएका प्रधानमन्त्रीहरू (सन् २००८ - हालसम्म)

# चित्र प्रधानमन्त्रीको नाम
(जन्म-मृत्यु)
अवधि राजनैतिक दल
पदभार सम्भालेको पदभार छोडेको दिन
(३०)  Girija P koirala.jpg गिरिजा प्रसाद कोइराला (५/५)
(१९२५-२०१०)
२८ मे २००८ १८ अगस्त २००८ ८३ नेपाली कांग्रेस
३३  Prachanda 2009.jpg पुष्प कमल दाहाल (प्रचण्ड) (१/२)
(१९५४-)
१८ अगस्त २००८ २५ मे २००९ २८० एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
३४  Madhav Kumar Nepal2.JPG माधवकुमार नेपाल
(१९५३-)
२५ मे २००९ ६ फेब्रुअरी २०११ ६२२ नेकपा एमाले
३५  J.n (2).jpg झलनाथ खनाल
(१९५०-)
६ फेब्रुअरी २०११ २९ अगस्त २०११ २०४ नेकपा एमाले
३६  Baburam bhattarai.jpg बाबुराम भट्टराई
(१९५४-)
२९ अगस्त २०११ १४ मार्च २०१३ ५६३ एकीकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी)
 Khilaraj regmi.jpg खिलराज रेग्मी (कार्यकारी)
(१९४९-)
१४ मार्च २०१३ १० फेब्रुअरी २०१४ ३३४
३७  Sushil Koirala.jpg सुशील कोइराला
(१९३९-२०१६)
११ फेब्रुअरी २०१४ १० अक्टोबर २०१५ 1214 नेपाली काँग्रेस
३८  KP Oli.jpg खड्गप्रसाद ओली
(वि.सं.२००८–)
११ अक्टोबर २०१५ ४ अगस्त २०१६ २९७ दिन नेकपा एमाले
(३३) Prachanda 2009.jpg पुष्प कमल दाहाल (प्रचण्ड) (२/२)
(१९५४-)
४ अगस्त २०१६

 

६ जुन २०१७ ३०६ दिन नेपाल कम्युनिष्ट पार्टी (माओवा
(३२)  Sherbahadurdeuba.jpg शेरबहादुर देउबा (४/४)
(१९४६-)
६ जुन २०१७ कार्यकाल जारी ४ दिन             नेपाली काँग्रेस

 

प्रकाशित मिति : २०७४ जेष्ठ २७ गते शनिवार