२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भारतीय पर्यटकमाथि लुटपाट गरेको आरोपमा सिंहदरबारबाट २ जना पक्राउ

काठमाडौं। भारतीय पर्यटकहरुमाथि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–४ सिम्ले घर भई हाल काठमाडौंको बालाजु माछा पोखरी बस्‍ने ३२ वर्षीय पदमबहादुर र कैलालीको धनगढी उपमहानगरपालिका–३ घर भई हाल काठमाडौंको नयाँ बानेश्वर बस्‍ने ३३ वर्षीय पुरन भन्‍ने ओम प्रकाश ऐरी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनीहरुलाई सिंहदरबार दक्षिण गेटबाट पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुलाई प्रारम्भिक अनुसन्धानका लागि प्रहरी वृत बानेश्वर पठाइएकोमा काठमाडौं जिल्ला अदालतबाट ४ दिनको म्‍याद थप गरी अनुसन्धान भइरहेको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस