२०८१ बैशाख ३० गते आइतवार | 2024 May 12th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालमा अभिलेख नभएको सुन्दर चरा भेटियो

काठमाडौं । नेपालमा अभिलेख नभएको सुन्दर चरा फेला पारेको छ । ३५ वर्षदेखि चरा गाइडको रुपमा काम गर्दै आउनुभएका सूचित बस्नेत र अर्का गाइड बद्री चौधरीले मार्च २८ मा कोशी क्याम्प परिसर नजिकैको बासझ्याङमा यस्तो चरा फेला पार्नुभएको हो ।

क्याम्पको डाइनिङ हलदेखि करिब ३० मिटरको दूरीमा उक्त चराले केही टिपेर खाइरहेको अवस्थामा यो तस्बिर लिइएको हो । क्याम्पभित्रैबाट बद्रीले आफ्नो क्यामेराबाट चराको तस्बिर लिनुभएको हो । चराको टाउको खरानी–नीलो र पछाडि खैरो–नीलो प्वाँखहरू छन् । घाँटीदेखि छातीसम्म अलिअलि रातो रङजस्तो देखियो । पुच्छरको बाहिरी भागमा सेतो देखिएको छ ।

टाउको हल्का नीलो, जिउको माथिल्लो भाग खैरो–खरानी, चुच्चोदेखि मुनि छातिसम्म सुन्तला–रातो रंग र पुच्छरमा सेतो यो चरा नेपालका लागि नयाँ प्रजातिको चरा भएको उहाँहरुको निश्कर्ष छ । यो तस्बिरलाई ‘बर्ड्स अफ द इन्डियन सबकन्टिनेन्ट’ पुस्तकको फिल्ड गाइड निकालेर चराको तस्बिर दाँज्दा ‘फाइर थ्रोट’ रहेको पाइयो उहाँहरुले बताउनुभयो । यो नेपालमा अहिलेसम्म देखिएको थिएन ।

दक्षिण–पूर्व तिब्बत, चीनको दक्षिण–पश्चिम र मध्य–उत्तरी क्षेत्रमा बढी पाइने यो चरा जाडो छल्नका लागि दक्षिणतिर आउने गर्छन् ।उत्तर–पूर्वी भारत र बंगलादेशमा यो चरामा सन् २००८ मा अभिलेख भएको बस्नेतले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस