२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाग्मतीका नवनियुक्त ६ जना मन्त्रीले शपथ लिए

ministers of Bagmati

मकवानपुर । बाग्मती प्रदेशका नवनियुक्त छ जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ गराउनुभएको छ ।

आज आइतवार मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट उत्तम जोशी, पुकार महर्जन, मसिना खड्का, रामकृष्ण चित्रकार तथा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट डा। राजेन्द्रमान श्रेष्ठ र लक्ष्मण लम्साललाई मन्त्रीलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्नुभएको थियो ।

उत्तम जोशीले स्वास्थ्य, मसिना खड्काले वन तथा वातावरण, पुकार महर्जनले पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । साथै डा. राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी विकास, लक्ष्मण लम्सालले श्रम रोजगार तथा यातायात र रामकृष्ण चित्रकार विनाविभागीय मन्त्री नियुक्त हुनुभएको हो । लामो समयदेखि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा प्रदेश सरकारको काममा बाधा पुगेको थियो । आज मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै अब भने कामले गति लिने भएको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस