२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘सीमान्त गुरु’ लाई भेट्न पुग्ने सर्वसाधारणको घुइँचो राज्यले थाम्न नसक्ने, प्रशासनले लगायो रोक

रुपन्देही । काठमाडौंको ‘क्लिनिक’ बन्द गरेर दाङ पुग्नुभएका ‘सीमान्त गुरु’ उर्फ भरत भट्टराईलाई सर्वसाधारणसँग भेट्न रोक लगाइएको छ । दाङको तुल्सीपुरमा आज आयोजना गरिएको कार्यक्रम अत्यधिक भिडका कारण प्रशासनले रोकेको हो ।

हेरेर वा छोएरै बिरामीहरू निको पार्ने दाबी गर्दै आउनुभएका केसीले तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ स्थित त्रिशेद्धेश्वरी मन्दिरमा ‘सर्वसाधारणलाई भेट्ने’ कार्यक्रम राख्नुभएको थियो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जिल्ला प्रशासनबाट आदेश भएअनुसार कार्यक्रम रोकिएको जानकारी दिनुभयो ।

दाङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले उपचार गराउने बहानामा मन्दिर जस्तो पवित्र सार्वजनिक स्थलमा भिडभाडयुक्त कार्यक्रम गरिएकाले रोक्नु परेको बताउनुभयो ।

केसीको काठमाडौंको तारकेश्वर नगरपालिका –७ स्थित ‘ज्योतिष केन्द्र’ पनि थाम्न नसक्ने भिडका कारण अस्तिबाट प्रहरीले बन्द गराएको थियो । त्यसपछि उहाँ दाङ पुगेर एक घर भाडामा लिएर बस्दै आउनुभएको छ । अलौकिक मनोवैज्ञानिक क्षमताको ज्योतिष भएको दाबी गर्ने केसी आएको खबर फैलिए लगत्तै मानिसहरू बिहानै मन्दिर परिसरमा लाइनमा बसेका थिए ।

जिल्ला बाहिरका केही मानिसहरूले आफूहरू शनिवार नै तुलसीपुरका होटेलहरूमा आएर बसेको बताएका छन् । राज्यले नै धान्न नसक्ने खालको भीड आइरहेको देखेपछि प्रशासनले मानिसलाई रोक लगाएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस