२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एभरेष्ट बैंक प्रकरण: बैक कर्मचारी निरजले यसरी बनाएका रहेछन् ग्राहकको पैसा चोर्ने योजना [ भिडियो ]

काठमाडौं । केहि समय अगाडिको कुरा हो, जापान बस्दै आएकी स्याङ्जाकी रेखा गुरुङको रकम बैंकबाटै एकाएक हरायो । आफूले मेहेनत गरेर बैंकमा जम्मा गरेको रकम हराएपछि उनी तनावमा हुनु स्वाभाविक नै भयो ।

आफूले निकै दुःख गरेर बैंकमा जम्मा गरेको रकम एकाएक हराएपछि उनी बैंकमा गुनासो गर्न गइन् । तर सुरुमा बैंकले उनको कुरा नै सुनेन । बैंक न ग्राहकको पैसा हराएको स्वीकार्न तयार भयो, न बैंककै केही कमी कमजोरी छन् भन्ने स्वीकार्न नै । बरु बैंकले उल्टै रेखाले नै पैसा निकालेको रटान लगाईरह्यो ।

हदै भएपछि उनले अलि ‘ठुलो स्वर’ गर्न थालिन् । बैंकले आफ्नो हराएको ७ लाख रुपैयाँ फिर्ता दिने छाँट नदेखाएपछि उनले आफ्नो बैंक स्टेटमेन्ट सहित केहि मिडियाकर्मी बोकेर बैंक पुगिन् । बैंकमा ‘ठुलो स्वर गर्न’ थालेपछि बैंक पनि हच्कियो । बल्ल बैंक भएको के रहेछ भनेर बुझ्न तयार भयो । नभन्दै बैंकले उनको ७ लाख रुपैयाँ रकम बैंककै कर्मचारीले चोरेको पत्ता लगायो ।

आफ्ना ग्राहकको निष्क्रिय खाताहरु पत्ता लगाई रकम चोर्ने गरेको पत्ता लागेपछि बैंकले थप अनुसन्धान सुरु गर्यो । बल्ल थाहा भयो, गुरुङको मात्र होइन, विभिन्न ५९ वटा खाताबाट करोडौं रुपैयाँ चोरी भईसकेको रहेछ । र यसरी रकम चोर्ने काममा एभरेष्ट बैंककै कर्मचारी संग्लग्न रहेछन् । बैंकले केस बाहिर धेरै नआओस् भनेर रेखाको पैसा फिर्ता गरी थप अनुसन्धान गरेको थियो ।

यद्यपी उनले बैंकमा गएर आफ्नो पैसा हराएको भनी कराएको भिडियो सामाजिक सञ्जालमा भाइरल भईसकेका थिए । आफ्नै कर्मचारीको गल्ती देखेपछि बैंकले उनलाई यो केसलाई थप नउचाल्न भनी आग्रह गर्दै उनको पैसा फिर्ता दिएको थियो । रेखा गुरुङको ७ लाख रुपैयाँ खोज्दै जाँदा बैंकभित्र करोडौंको घोटाला भईसकेको पत्ता लाग्यो ।

बैंकको इटहरी शाखामा कार्यरत कर्मचारी निरज प्रधानको संलग्नतामामात्रै विभिन्न ३३ जनाको खाताबाट एक करोड ५० लाख २३ हजार ४ सय ३४ रुपैयाँ बैंककै कर्मचारीको संग्लनतामा चोरी भएको पत्ता लागेपछि बैंकले प्रहरी गुहार्यो ।

सो क्रममा बैंकले नै आन्तरिक अनुसन्धान गर्दा बैंकका कर्मचारीले बैंकको कम्प्युटर आईडी पासवर्ड दुरुपयोग गरी कनेक्ट–आईपीएसमार्फत १४ नोभेम्बर २०२२ देखि ३१ मार्च २०२३ सम्म ५९ पटक बैंकका विभिन्न ग्राहकको १ करोड १४ लाख ७५ हजार २ सय ८४ रुपैयाँ रकम झिकेर हिनामिना गरेको तथ्य पत्ता लगायो । बैंकमा करोडौं रुपैयाँ ठगी भएको उजुरी आएपछि प्रहरीले भकाभक मान्छे समाउन थाल्यो । यहि बीचमा ठुलो रकमको घोटाला गर्ने निरज प्रधानको पोल खुलेको थियो । उनले सेयर र जुवामा पैसा फसेपछि यो योजना बनाएको बयान दिएका छन् ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस