२०८० चैत्र १५ गते बिहिवार | 2024 March 28th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अब केही समयमा बस्ने संसद बैठकमा ओलीको सम्बोधन, नीति तथा कार्यक्रमको प्रतिवाद गर्ने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ( Kp Sharma Oli ) ले आज आफ्नो धारणा राख्दै हुनुहुन्छ ।

यसअघि उहाँले जेठ ४ गते नै संसदमा सम्बोधन गर्ने भनिएको थियो । तर स्वास्थ्य समस्याका कारण सो दिन सम्बोधन नगर्नुभएका ओलीले आज सम्बोधन गर्न लाग्नुभएको हो । उहाँले भुटानी शरणार्थी प्रकरण लगायत विविध प्रकरणमा गोप्यता खोलिदिने बताउनुभएको थियो ।

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर अध्यक्ष ओलीले आजको प्रतिनिधि सभामा सम्बोधन गर्ने बताउनुभयो ।

आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु हुँदै छ । सरकारको वार्षिक कार्यदिशासमेत मानिने नीति तथा कार्यक्रमलाई राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते संघीय संसदमा प्रस्तुत गर्नुभएको थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस