२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सर्जक पन्तको ‘दिदीभाइ २’को छायाँकन सम्पन्न

Didi Bhai

पर्वत । पछिलो समय नेपाली लोक दोहोरी गीतले बजार तताइरहेको बेला सर्जक, गायक एवम् संगीतकार अर्जुन पन्तको नयाँ गीत ‘दिदीभाइ २’को छायाँकन सम्पन्न भएको छ ।

पन्तले यो गीत आफ्नै बाल्यकालदेखिको कुरा र आफनै दिदीभाइबीचको सम्बन्धलाई गीतमार्फत व्यक्त गरेका छन् । पर्वतको लिमिठानामा जन्मिएका पन्तले धेरैजसो गीतहरु आफ्नै जन्म जिल्लालाई समेटेर बनाएको पाइन्छ ।

पन्तको आफनै लय तथा शब्द रहेको गीतमा बाल कलाकार अर्पण परियर, सदिच्छा सुनार, सुनिता बुढा क्षेत्री र श्याम पन्तको आवाज रेहेको छ ।

उक्त गीतको भिडियोमा अर्जुन पन्त, उनकी आफ्नै दिदी सकुन्तला पन्त रेग्मी, तारा पन्त रेग्मीको अभिनय रहेको छ भने बाल अभिनयमा अर्पण परियार र उमा रेग्मी रहेका छन् । गीतको भिडियोमा सुरेशराज रेग्मीको छायाँकन रहेको छ ।

गीत पोखरा पुन डिजिटल र काठमाडौंको सुरसाधना स्टुडियोमा रेकर्डिङ गरिएको हो । मानबहादुर बराल मगर र एलबी पुनले रेकर्डिङमा साथ दिएका छन् । अबको केही दिनमै उक्त म्युजिक भिडियो बजारमा ल्याउने सर्जक पन्तले मध्यान्हलाई बताए । गीतलाई दर्शक-स्रोताले रुचाउनेमा सर्जक पन्त विश्वस्त छन् ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस