२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसदबाटै ओलीले खोले काण्डहरुको रहस्यको पोको [ भिडियोसहित ]

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भुटानी शरणार्थी प्रकरणमा आफ्नो सरकारको पालामा कुनै गडबडी नभएको दाबी गर्नुभएको छ । उहाँले अपराधी नउम्किने गरी निष्पक्ष छानबिन गर्न सरकारलाई चुनौती समेत दिनुभयो । वैधानिक प्रक्रियाबाट शरणार्थीलाई अमेरिका लैजान आफूले ठूलो भूमिका खेलेको तर नक्कली बनाउँन आफ्नो कुनै सम्लग्नता नरहेको उहाँको दावी छ ।

आज संसद् बैठकमा बोल्दै ओलीले निर्दोषलाई फसाउने र दोषीलाई उम्काउने खेल भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘६ हजारभन्दा बढी भुटानी शरणार्थी बाँकी थिए । मेरो पालामा एउटा समिति बनेको हो । त्यसले दिएको प्रतिवेदन मैले होल्ड गरेको थिएँ । मलाई त त्यसबेला पिङ खेलाएको खेलाऐ थिए, कागजतिर हेर्ने फुर्सद पनि थिएन ।

पछि अर्को सरकारको पालामा कागज फेरि यो । माथिको कभर उही राखियो, तर व्यक्तिको सूची परिवर्तन गरियो ।’ यो प्रकरण सरकारले नभएर आफैँ बाहिर आएको ओलीले बताउनुभयो । ‘यो लुकाउन सक्ने र ढाकछोप गर्न सक्ने अवस्था नै थिएन । आफैँ बाहिर आएको हो । आगो छोप्न सकिन्छ, धुवाँ छोप्न सकिन्न,’ उहाँले भन्नुभयो । थप विषय यो लामो भिडियोबाट हेर्न सक्नुहुनेछ ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस