२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जेल यात्रापछि पल शाहको पहिलो पत्रकार सम्मेलनबाट खुलाए सनिशासँगको सम्बन्ध

Paul Shah

काठमाडौं । अभिनेता पल शाहले जेलमुक्त भएपछि पहिलोपटक पत्रकार भेटघाट राखेर आफ्ना कुरा राखेका छन् । आफ्नो दोस्रो म्युजिक भिडियोको लञ्चलाई लिएर उनले पत्रकार सम्मेलन गरे । पलको पत्रकार सम्मेलनमा पत्रकार–युट्यूबरहरुको ठूलो भिड थियो । उनले जेलबाट निस्किएदेखि कुनै मिडियालाई पनि अन्तरवार्ता दिएका थिएनन् ।

यतिसम्म कि उनले आफ्नो पहिलो म्युजिक भिडियो ‘तिमीलाई हेर्ने बानी पर्यो’ पनि आफ्नै सामाजिक सञ्जालबाट मात्र प्रचार गरेर सार्वजनिक गरेका थिए । पहिलो भिडियोले अपेक्षित भ्यूज नपाएर हुन सक्छ, पलले आफ्नो दोस्रो म्युजिक भिडियो ‘आँशु बनि नखस कहिले नि’ सार्वजनिक गर्नुपूर्व भने सबै मिडियालाई निम्त्याएका थिए । मिडियाहरुको राम्रै उपस्थिति थियो ।

पत्रकारहरु पललाई उनको जेलजीवन र त्यसअघिका घटनाक्रमहरुबाट सोध्न व्यग्र थिए । तर, पत्रकार सम्मेलन सुरु अगावै सञ्चालक नरेश भट्टराईले गीतबाहेक ‘बाहिरी’ विषयमा प्रश्न नसोध्न आग्रह गरे । ‘ज्ञानी’ पत्रकारहरुले संकेत बुझिहाले । उनीहरुले पनि पलमाथि लागेको आरोप र उनको जेलजीवनबारे कुनै प्रश्न गरेनन् । पलले जेल बसाइका केही प्रसंग सुनाए, तर ‘जेल’ शब्द उच्चारण गरेनन् ।

कार्यक्रमभरि उनले कारागारलाई ‘विश्वविद्यालय’ भनेर सम्बोधन गरे । आफू विश्वविद्यालय बस्दा नै टिभीमा सनिसाको भिडियो हेरेको तथा उनीसँग काम गर्ने योजना बनाएको उनले सुनाए । मुस्ताङमा सुटिङ गर्ने सोचाई पनि विश्वविद्यालय बस्दा नै बनाएको पलको भनाइ थियो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस