२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहकारीको पैसा खाएर बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर ३ दिनदेखि ‘फरार’

Dhorpatan Mayar

पोखरा । बाग्लुङ ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली शुक्रबारदेखि सम्पर्कविहिन भएका छन् । इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका मेयर नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन् । ढोरपाटनका उपमेयर धनबहादुर कायतअनुसार उपमेयरलाई कार्यवाहकको पत्र थमाएर सम्पर्कविहिन भएका हुन् ।

‘शुक्रबार म कार्यक्रम भएकाले कार्यालय गएको थिएन, आज (आइतबार) कार्यालयमा जादा ‘म नआउँदासम्म कार्यवाहक सम्हाल्नुहोला’ भनेको ५ गतेको पत्र मैले पाए । मेयरसाबसँग सम्पर्क भएको छैन,’ उपमेयर कायतले भन्नुभयो ।

सहकारीको विषयमा मेयर सम्पर्कविहिन भएको वागलुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले बताउनुभयो । ‘उहाँ चाहिँ एमेज सहकारीको अध्यक्षसमेत हुनुहुन्छ, सहकारी बचत फिर्तासम्बन्धी इन्स्युमा अलिअलि तनाव छ । उहाँ सम्पर्कमा हुनुहुन्न भन्ने हामीले आज बिहान थाहा पाएका हौं,’ उहाँले भन्नुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस