काठमाडौं । काठमाडौं प्रहरी परिसरले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा पक्राउ गरिएका १६ जनामाथि अनुसन्धानका लागि थप तीन दिनको अनुमित पाएको छ । काठमाडौं जिल्ला अदालतले यस प्रकरणमा पक्राउ परेका उनीहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले ५ दिनको समय माग गरे पनि अदालतले ३ दिन मात्रै दिएको हो ।
यो प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाणलगायत १६ जना पक्राउ परिसकेका छन् । पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिकसहित करिब एक दर्जन फरार रहेको बताइएको छ ।