२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बझाङमा हिमपहिरोमा परेर तीनजना बेपत्ता, दुई घाइते

avalanche

बझाङ । बझाङमा हिमपहिरोमा परेर दुईजना घाइते छन् भने तीनजना बेपत्ता भएका छन् । आइतबार बिहान सुर्मा गाउँपालिका – २ को धानशेरा भन्ने ठाउँमा हिमपहिरोमा परी दुईजना घाइते र तीनजना बेपत्ता भएको खबर प्राप्त भएको बझाङ प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) जागेश्वर भण्डारीले हिमपहिरोमा पुरिएर तीनजना बेपत्ता र दुईजना घाइते भएको खबर प्राप्त भएपछि घटनास्थलतर्फ प्रहरी टोली गएको जानकारी दिनुभयो । तर, घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्नेछ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस