२०८० चैत्र १६ गते शुक्रवार | 2024 March 29th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बाजुराको बिछिया केन्द्रविन्दु भएर भूकम्प

earthquake

काठमाडौं । बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बाजुरा जिल्लाको बिछिया वरपर केन्द्रविन्दु भएर आज साँझ ६ बजेर ५४ मिनेट जाँदा ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि बाजुरा जिल्लाको हुकाम केन्द्रविन्दु भएर जेठ ७ गते बिहान ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो । नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रुपमा लिने गरिन्छ । पछिल्लोे समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्र केन्द्रविन्दु भएर भूकम्प जाने क्रम जारी छ । रासस

 

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस