२०८१ असोज २४ गते बिहिवार | 2024 October 10th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘पपुलिस्ट’ कुरागर्नेहरू र छोएरै उपचार गर्छु भन्ने ‘सिमान्त गुरू’ बीच कुनै भिन्नता छैन – पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पपुलिस्ट कुरा गर्नेहरू र छोएरै उपचार गर्छु भनेर भिड जम्मा गर्ने सिमान्त गुरू एउटै भएको टिप्पणी गर्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी दलका नेताले तथ्यगत रूपमा आफूलाई प्रस्तुत गर्दा गफ ठान्ने जमातले देउवा–प्रचण्डको पैरवी गर्नु कुनै नौलो नभएको उहाँले बताउनुभयो ।

पुरानो होइन नयाँ भनेर नीति विहीन, उद्देश्यविहीन पपुलिस्ट पोलिटिक्स गर्नेहरुले ठिक र वेठिक छु्ट्याउने द्वन्द्वात्मक चेतनावाट समाजलाई विमुख वनाइरहेका पोखरेलको आरोप छ । ‘यसरी उद्देश्य विहीन पपुलिस्ट कुरागर्नेहरू र छोएरै उपचार गर्छु भनेर भिड जम्मागर्ने सिमान्तगुरुमा के अन्तर भयो र ? रास्वपाप्रति इंगित गर्दै उहाँले भन्नुभयो, दुवैथरी जनताको निरासको लाभ लिन खोजिरहेका छन् । यस्तो अवस्थामा सत्यलाई स्थापित गर्न कठिन भयो भनेर सत्यको मार्ग छोड्नु हुदैन ।’ उहाँले नयाँ दललाई जमातको संज्ञा दिँदै नवोलिकन राष्ट्रलाई डुवाउने देउवा र खुलेआम लुट मच्चाएर शान्ति प्रकृयाको दुहाई दिने प्रचण्डको पैरवीगर्नु कुनै अनौठो कुरा नभएको बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस