२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आउँदो बुधवार र बिहीवार देशभर निक्कै डरलाग्दो हुँदैछ मौसम

weather forecast nepal today

काठमाडौं । आउँदो बुधवार र बिहीवार अर्थात् यही जेठको १० र ११ गते देशभर हावाहुरी, चट्याङ र असिनापानीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

पश्चिमी वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त वायुको संयुक्त प्रभावले बुधवार र बिहीवार हावाहुरी र वर्षाको सम्भावना रहेको जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिनुभयो । जेठ १० गते सुदूरपश्चिमबाट प्रवेश गर्ने जलवाष्पयुक्त वायु देशभरि नै फैलिएर दुई दिनसम्म प्रभाव पार्ने सम्भावना रहेको उहाँले बताउनुभयो ।

तीव्र गतिको हावाहुरीको सम्भावना भएको हुँदा सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा बढी सावधानी आवश्यक रहेको उहाँले बताउनुभयो । भारतको मौसम विभागले राजस्थानबाट उत्तराखण्डसम्म जेठ १० र ११ गतेको लागि अलर्ट जारी गरिसकेको छ । राजस्थानबाट उत्तराखण्डसम्म प्रभाव पार्ने प्रणालीकै असर नेपालमा पनि देखिन लागेको हो ।

हावाहुरीका कारण रुख लगायत अरु कमजोर संरचनाहरु ढल्न सक्ने भएकोले सावधानी अपनाउन जलवायु एवम् विपद् विज्ञ उप्रतीको सुझाव छ । चट्याङ समेत पर्ने भएकाले बिजुली चम्किँदा पोखरी, ताल वा बाथरुममा समेत नबस्न, घर बाहिर ननिस्कन र फलामजन्य वस्तु नछुन उहाँको सुझाव छ । मौसम पूर्वानुमान् महाशाखाले पनि जेठ १० गते देशका धेरैजसो ठाउँमा बदलीसहित वर्षा र चट्याङको सम्भावना रहेको उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस