२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइयो

rato machhindra nath

काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथ जावलाखेल लगिएको छ । लगनखेलको थटीटोलमा रहेको रथलाई तानेर जावलाखेल लगिएको हो ।

मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ । मछिन्द्रनाथको रथजात्रा अन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आर्कषणका रूपमा लिइन्छ ।

भोटो अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीहरू जावलोखल जानुहुनेछ । ललितपुरको पुल्चोकमा बनाइएको रथमा करुणामय रातो मत्स्येन्द्रनाथलाई राखेर पाटन घुमाइन्छ । पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गरिन्छ। भोटो देखाएपछि रातो मच्छिन्द्रनाथलाई रथबाट निकालेर बुंगमती लगिन्छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस