२०८० चैत्र १५ गते बिहिवार | 2024 March 28th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नख्खु–भैँसेपाटी सडक खण्डको काम जेठभित्र सकिन्छ : मन्त्री ज्वाला

road maintaining nepal

काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नख्खु–भैँसेपाटी सडक खण्डको काम यही जेठभित्रमा सकिने बताउनुभएको छ ।

सोमवार मन्त्रालयको टोलीले सडक खण्डको अवलोकन तथा निरीक्षण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले यस्तो बताउनुभएको हो । उहाँले आफू मन्त्री हुँदा यस सडक खण्डको विशेष चर्चा भइरहेको र आफूले चर्चा कम गर्न काम गरेर देखाउन निर्देशन दिएको बताउनुभयो । उहाँले अहिले काम निकै उपलब्धिमूलक रहेको भन्दै अब नख्खु–भैँसेपाटी क्षेत्रका बासिन्दाले लामो समयसम्म धुलो र सास्ती बेहोर्नु नपर्ने उल्लेख गर्नुभयो ।

मन्त्री ज्वालाले अबको एक हप्ताभित्र सडक खण्डको कालोपत्र हुने पनि बताउनुभयो । उहाँले यसअघि सम्बन्धित निकायहरूसँगको समन्वय कम हुँदा विभिन्न समस्या आइरहेको भन्दै आफूले समन्वय र सहजीकरणमा कमी हुन नदिने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘यो सडक पछिल्लो समयमा अलि धेरै चर्चा र बहसको विषय थियो । म आउनेबित्तिकै हाम्रो टिम बसेर यो सडकको काम छिटो सक्न मातहतका निकायलाई निर्देशन दिएका थियौँ । सक्रियताकासाथ काम अघि बढेको छ । जेठ महिनाभित्र काम पूरा हुने अवस्था छ । अब यहाँका नागरिकले लामो समय धुलोमा हिँड्नुपर्ने र सास्ती बेहोर्नु पर्ने अवस्थाको अन्त्य गर्नेछौँ ।’

मन्त्री ज्वालाले आउँदा दिनमा देशभरका सडक, पुलहरू निर्माणका लागि अन्तर–मन्त्रालयसँग समन्वय गरी एकै पटकमा काम सक्ने गरेर काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बजेट प्रस्तुत भइसकेपछि मन्त्रालयसँग सम्बन्धित विषयमा फिल्डमा नै गएर समस्या समाधान गर्ने बताउनुभयो । उहाँले काठमाण्डौ उपत्यकामा खाल्डाखुल्डी पुर्ने काम तीव्र गतिमा अघि बढेको र आउँदो वर्षको बजेटमा खाल्डाखुल्डी पुर्नका लागि ुरोड एम्बुलेन्सु को परिकल्पना गरेको पनि बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस