२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

भाग्य कसको कतिबेला खुल्छ भगवान शरणम् : यूएईमा नेपाली युवकले जिते ३ करोड ६१ लाखको चिठ्ठा

A Nepali youth won a lottery worth 1 million in AE

९ जेठ, काठमाडौं । यूएईको अबुधाबीमा कार्यरत एक नेपाली युवकले १० लाख दिराम (३ करोड ६१ लाख भन्दा बढी रुपैयाँ) को चिठ्ठा जित्नुभएको छ । अबुधाबीको निजी कम्पनीमा मेसिन अपरेटरको रुपमा कार्यरत सूर्य नामका नेपाली युवकले मासिक बुझ्दै आएको तलबभन्दा २५० गुणा बढीको चिठ्ठा जित्नुभएको हो ।

उहाँको सामान्य तलब २ हजारदेखि ४ हजार दिराम बीचमा भए पनि उहाँले महजुज ड्रमार्फत् १० लाख दिरामको चिठ्ठा जितेको यूएईको द नेशनल न्युज डटकमले जनाएको छ । लक्की ड्र विजेता भनेर सूर्यको फोटोसहित समाचार प्रकाशित गरेको अनलाइनमा उहाँको पूरा नाम र नेपालको ठेगाना भने उल्लेख छैन । अविश्वसनीय रुपमा भाग्यशाली चिठ्ठा जितेपछि उहाँले भविष्यको योजना बनाइरहेको समाचारमा उल्लेख छ ।

उक्त अनलाइनसँगको कुराकानीमा सूर्यले चिठ्ठा रकम परिवारको जीवन सुधार्न खर्च गर्ने बताउनुभएको छ ।

‘म सधैं मेरो परिवारको भविष्यप्रति चिन्तित हुन्छु,’ उहाँले भन्नुभएको छ, ‘मेरो जीवन नै परिवर्तन गराइदिने यो जितप्रति महजुजप्रति आभारी छु ।’ नेपालमा रहनुभएकी आफ्नी आमाको लागि घर किन्ने र छोराको शिक्षामा खर्च गर्ने उहाँको योजना छ । शनिबारको लक्की ड्र घोषणा हुने बेला उहाँ आफ्नो नियमित काममा हुनुहुन्थ्यो । आफू विजेता बनेको जानकारी उहाँले सोमबारमात्र पाउनुभएको थियो ।

महजुजको लक्की ड्र हरेक शनिबार हुन्छ । सहभागीहरुले महजुजको ३५ दिराम पर्ने पानीको बोतल किनेर चिठ्ठामा सहभागी हुन पाउँछन् । यसबाट हरेक हप्ता १० लाख (१ मिलियन) दिराम बराबरको चिठ्ठा घोषणा हुन्छ । यो चिठ्ठाको उच्चतम राशी भने २० लाख दिरामको छ । महजुजले आफ्नो वेबसाइट र फेसबुक पेजमा १० लाख दिरामको विजेता भनेर सूर्यको फोटो पोष्ट गरेको छ । तर, उहाँको बारेमा विस्तृत विवरण भने उल्लेख छैन ।

 

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस