२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपालमा बढ्दो अमेरिकी सक्रियता छिमेकी देशका लागि पनि खतरा : जनमोर्चा

Chitra Bahadur KC

काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपालमा अमेरिकी हस्तक्षेप बढेको बताएको छ । सो पार्टीकी प्रवक्ता दुर्गा पौडेलले नेपालमा अमेरिकी हस्तक्षेप बढेको बताउनुभएको हो ।

पहिले भारतबाट वा राजनीतिक दलका माध्यमबाट अदृश्य रूपमा हुने हस्तक्षेप एमसीसी संसदबाट अनुमोदनपछि पछिल्लो समय सिधै हुने गरेको उहाँको भनाई थियो । प्रगतिशील पत्रकार सङ्घ नेपाल दाङले मंगलबार घोराहीमा गरेको पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले यस्तो बताउनु भएको हो ।

नेपालमा बढेको अमेरिकी सक्रियता नेपालसँगै छिमेकी देशका लागि समेत खतरा भएको बुझाई पनि उहाँको छ । अमेरिकाको यो नीतिप्रति राजनीतिक नेतृत्वसँगै जनता सजक हुनुपर्ने बेला आएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले अहिले नेपालमा अमेरिकी साम्राज्यवादको प्रत्यक्ष निर्देशनमा चल्ने पार्टी बनाएर संसद् र सरकारमा समेत आफ्नो प्रभुत्व कायम गर्ने प्रयत्न गरेको पनि उल्लेख गर्नुभयो । बेलैमा सचेत नभए नेपालले यसको ठुलो क्षति ब्यहोर्नुपर्ने तर्क गर्नुभयो । नेपालको तटस्थ परराष्ट्र नीति समाप्त हुने चेतावनी पनि उहाँले दिनुभयो ।

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस