२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पासाङले कीर्तिमान बराबरी गरेपछि कामीरिता २८ औं पटक आज सगरमाथा चुचुरोमा पुग्दै

काठमाडौं । विश्व कीर्तिमानी सगरमाथा आरोही कामीरिता शेर्पा २८ औं पटक सगरमाथा चढ्न सुरु गर्नुभएको छ । सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर आफ्नो कीर्तिमानसँग बराबरी गरेपछि कामीरिता २८ औं पटक सगरमाथा चढ्न थाल्नुभएको हो ।

सबैभन्दा धेरैपटक सगरमाथा चढेको आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न उहाँले सोमबारदेखि नै आरोहण सुरु गरेको उहाँ आबद्ध कम्पनी सेभेन समिट ट्रेक्स प्रालिले जनाएको छ । सेभेन समिट ट्रेक्सका म्यानेजर थानेश्वर गुरागाईका अनुसार ‘कामीरिता आज (मंगलबार) चुचुरोमा पुग्ने योजना हो ।

तर पुगिसकेको खबर आइसकेको छैन ।’ सोलुखुम्बुका कामीरिता सेभेन समिट ट्रेक्स प्रालिका गाइड हुनुहुन्छ । उहाँले सबैभन्दा पहिले २०५१ मा सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस