२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अजित कुमारले कसलाई दिए १९ लाखको बीएमडब्लु बाइक उपहार ?

काठमाडौं । अचानक नेपाल भ्रमणमा आएपछि दक्षिण भारतीय अभिनेता अजित कुमार चर्चित बन्नु भएको थियो । उहाँ बाइकका सौखिन हुनुहुन्छ । अभिनेता कुमारले हालै बाइकमार्फत नेपाल र भुटानको यात्रा गर्नुभयो ।

आगामी नोभेम्बरमा उहाँ पुन: बाइक यात्रा थाल्दै हुनुहुन्छ । यो सबबीच उहाँले एक दयालु स्वभाव देखाएर प्रशंसकको मन जित्नु भएको छ । अजितले सुगत सतपथीसँग नेपाल र भुटान भ्रमण गर्नुभएको थियो ।

त्यसपछि धन्यवादको प्रतीकको रूपमा अजितले आफ्नो नेपाल बाइक टुर आयोजना गरेकोमा सुगतलाई १२ लाख भारु मूल्य पर्ने सुपरबाइक उपहार दिनु भएको छ ।

सुगतले अजितका लागि दुईपटक बाइक यात्राको आयोजना गर्नुभएको थियो । सम्मानस्वरुप अजितले सतपलाई १२ लाख भारु पर्ने बीएमडब्लु सुपरबाइक उपहार दिनु भएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस