२०८३ असोज ६ गते मङ्गलवार | 2026 September 22nd Tuesday

सावधान : एक पटकको हुक्का सेवन २०० खिल्ली चुरोट ताने बराबर हुन्छ

काठमाडौं । पछिल्लो समय विशेषगरि युवा पुस्ता माँझ हुक्का सेवन निकै चर्चित छ । चुरोटभन्दा हुक्का सेवन कम हानिकारक हुन्छ भन्ने आम मान्यता पनि रहँदै आएको छ । तर छाती रोग विशेषज्ञ डा. राजु पङ्गेनीलाई त्यस्तो लाग्दैन् ।

उहाँका अनुसार चुरोटभन्दा हुक्का सेवन कम हानिकारक छ भन्ने कुरा मिथ्या मात्रै हो । छाती रोग विशेषज्ञ डा. राजु पङ्गेनी भन्नुहुन्छ, ‘हामीले एक खिल्ली चुरोट तान्दा लगभग आधा लिटर धुवाँ तानिरहेका हुन्छौँ भने एक सेसन हुक्काको प्रयोग गर्दा खेरि त्यसबाट ९० देखि २०० लिटरसम्म धुवाँ हामीले तानिरहेका हुन्छौँ ।’

उहाँले थप्दै भन्नुभयो, ‘त्यसको अर्थ के भने एक पटक हामीले हुक्काको सेवन गर्दा त्यसको असर २०० खिल्ली चुरोट ताने बराबरको हुन्छ ।’

प्रकाशित मिति : २०८० जेष्ठ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस