२०८० चैत्र १५ गते बिहिवार | 2024 March 28th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

मृत्युलाई जितेर तीन महिनापछि संसद पुगेका चन्द्र भण्डारी

काठमाडौं । मृत्युलाई जितेर आउनु भएका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित हुनु भएको छ । नेपाली कांग्रेसका सांसद भण्डारीले सरकारको नीति तथा कार्यक्रमबारे बोल्नु भएको हो ।

उहाँले बुधबार प्रतिनिधि सभा बैठकमा आफ्नो धारणा राख्नुभयो । सडक लेन क्रस गर्नेदेखि घरमा ग्यास र विलुली कसरी चलाउने भन्ने शिक्षा विद्यालयको पाठ्यक्रममा नै समावेश गर्नुपर्ने कुरा पनि उहाँले उल्लेख गर्नुभएको छ ।

आगलागीका घटनामा परेर अघिल्लो वर्ष ११० र यो वर्ष आफ्नो आमासहित १११ जनाको मृत्यु भएको कुरालाई समेत उहाँले स्मरण गर्नुभयो । सोहीकारण यो कुरालाई गम्भीर रुपमा लिनुपर्ने उहाँको बुझाई रहेको छ । भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते हुनु भएको थियो ।

सोही घटनामा घाइते आमा हरिकला भण्डारीको भने उपचारका क्रममा गत फागुन ४ मा निधन भएको थियो । सांसद भण्डारीलाई थप उपचारका लागि भारत लगियो । उहाँ भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार गराएर गत वैशाख १७ मा स्वदेश फर्किनु भएको हो ।

प्रकाशित मिति : २०८० जेष्ठ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस