२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

यस्तो हुनेछ आज देशभरको मौसम, यी स्थानमा ठूलो बर्षा

weather forecast nepal today

काठमाडौं । पश्चिमका केही ठाउँमा बिहानैदेखि पानी परिरहेको छ । पश्चिममा न्यूनचापीय प्रणाली सक्रिय भएकाले पश्चिमका केही ठाउँमा बिहानैदेखि हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् संजिब अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ । यस्तै, अन्य प्रदेशका केही ठाउँमा पनि हल्का पानी परिरहेको उहाँले बताउनुभयो ।

मौसमविद् अधिकारीका अनुसार अहिले पश्चिमी क्षेत्रमा सक्रिय रहेको न्यूनचापीय प्रणाली बिस्तारै पूर्वतर्फ सरिरहेको छ ।

आज दिउँसो देशका धेरै ठाउँमा पानी पर्ने अनुमान छ । बाग्मती र कोशी प्रदेशका एक दुई ठाउँमा दिउँसो ठूलो वर्षाको अनुमान रहेको मौसमविद् अधिकारीले जानकारी दिनुभयो । यस्तै, तराईका जिल्लामा पनि पानी परेको छ । मौसम बदली र वर्षाका कारण तराईमा गर्मी कम भएको छ । भोलि पनि देशका धेरै ठाउँको मौसम बदली भइ पानी पर्ने अनुमान छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १० गते बुधवार
प्रतिक्रिया दिनुहोस