२०८१ बैशाख १३ गते बिहिवार | 2024 April 25th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ८ घाइते

काठमाडौं । जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–८ दुलीमा जिप दुर्घटना हुँदा उनीहरूको ज्यान गएको हो । बिहीबार बिहान भएको दुर्घटनामा परेर चार जनाको घटनास्थलमै मृत्यु भयो भने आठ घाइते छन् ।

जानकारी अनुसार सानीभेरी गाउँपालिका–५ मेल चौरबाट दुलीहुँदै जिल्ला सदरमुकाम खलङ्गा जाँदै गरेको लु १ज१७४७ नम्बरको जिप दुलीको मोतिखोलामा दुर्घटनाग्रस्त भएको हो ।

ज्यान गुमाउनेमा सानीभेरी गाउँपालिका–५ का देउचन खत्री, कर्ण बहादुर बाठा, बाँफिकोट गाउँपालिका–८ की रेखा खत्री र उहाँका छोरा रहेका छन् । उक्त दुर्घटनामा परेर आठ जना घाइते भएको बताइएको छ । उनीहरूलाई उद्धार गरेर उपचारको पठाइएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस