२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

३० जनाविरुद्ध २९ करोड बिगो दाबीसहित मुद्दा दर्ता, अब के हुन्छ ?

Fake Bhutanese refugee

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध मुद्दा दायर भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले ३० जनाविरुद्ध बुधवार मुद्दा दायर गरेको हो ।

उनीहरूमाथि ठगी, किर्ते, राज्यविरुद्धको अपराध र सङ्गठित अपराधमा मुद्दा दर्ता गरिएको छ । काठमाडौं जिल्ला अदालतमा दर्ता गरिएको मुद्दामा आरोपितहरूबाट कुल २८ करोड ८१ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।

सरकारी वकिलको कार्यालयले सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आरोपीहरूविरुद्ध अनुसन्धान गर्न अनुरोध गरेको छ । मुद्दा दर्ता भएका ३० जनामध्ये १४ जना फरार छन् । आरोपित निम्नानुसार रहेका छन्

  • केशवप्रसाद दुलाल
  • सानु भण्डारी
  • सागर राई
  • सन्देश शर्मा
  • टंककुमार गुरुङ
  • इन्द्रजित राई
  • टोपबहादुर रायमाझी
  • सन्दिप रायमाझी
  • टेकनारायण पाण्डे
  • नरेन्द्र केसी
  • गोविन्दकुमार चौधरी
  • रामशरण केसी
  • बालकृष्ण खाण
  • आङटावा शेर्पा
  • शमशेर मियाँ
  • टेकनाथ रिजाल
  • केशव तुलाधर
  • लक्ष्मी महर्जन
  • हरिभक्त महर्जन
  • अशोक पोखरेल
  • धिरेन राई
  • दिपा हुमागाञी
  • निरज राई
  • राजेश अर्याल
  • मोहनराज राई
  • आशिष बुढाथोकी
  • बिनिता सावदेन लिम्बू
  • निरन्ज कुमार खरेल
  • सुनिल बुढाथोकी
  • प्रतिक थापा

मुद्दा दायर भएपछि अब अदालती प्रक्रिया शुरू हुन्छ । गोलाप्रथाबाट न्यायाधीशको इजलास चयन हुन्छ अनि त्यसपछि सबै प्रतिवादीको बयान शुरू हुन्छ । बयान सकिएपछि थुनछेक बहस शुरू हुन्छ ।

थुनामा राखेरै बाँकी कारबाही अगाडि बढाउने कि धरौटीमा रिहा गरेर गर्ने भन्ने कुरा त्यसपछि तय हुने कुराहरु हुन् । थुनछेकको आदेश आएपछि मुद्दाको अर्को प्रक्रिया अगाडि बढ्ने छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस