२०८१ बैशाख ७ गते शुक्रवार | 2024 April 19th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

५ बुँदे सहमतिपछि बिनु यादवको अनसन तोडियो

काठमाडौं । बिनु यादवको अनसन तोडिएको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिनु यादवले अनसन तोडेकी हुन् । यादव १५ औं दिनसम्म अनसनमा थिइन् । बुधबार गृहमन्त्री श्रेष्ठले अनसन स्थल माइतीघर मण्डला पुगेर अनसनरत यादवलाई जुस खुवाएर अनसन तोडाउनु भएको हो ।

मन्त्री श्रेष्ठले ५ बॅुदे सहमति कार्यान्वयनको दृढतासमेत व्यक्त गरेका छन् । बिनु यादव न्यायका लागि अनसन बसेकी थिइन् । यादवका मागमध्ये यादवमाथि पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदनउपर कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको छ ।

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस