२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फेरि मुद्धा परेपछि रवि लामिछाने आक्रोशित, भन्छन् मान्छेलाई ‘इरिटेट’ गर्ने पनि सिमा हुन्छ

Rabi Lamichhaanne

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं प्रतिनिधिसभा सदस्य रवि लामिछानेले आफूविरुद्ध फेरि मुद्धा दर्ता भएपछि आफू ‘इरिटेट’ भएको प्रतिक्रिया दिनुभएको छ । बुधबार रविविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको थियो।

लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेजीको मागसहित युवराज पौडेलले रिट निवेदन बुधबार दर्ता गराउनुभएको थियो । लामिछानेले यसको प्रतिक्रिया दिँदै आज सामाजिक सञ्जालबाट मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा भएको बताउनुभएको छ । उहाँले अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा आफूसँगै भएकाले जेठ ९ गते नै अदालतलाई बुझाएको पनि जानकारी दिनुभयो ।

यसअघिको मुद्धामा लामिछानेले अमेरिकी नागरिकता त्याग गरिसकेको भन्ने प्रमाणित हुने निस्सा पेस गर्न लगाउने आदेश भएको थियो जसको लिखित जवाफमा जिल्ला प्रशासन कार्यालय काठमाडौं र अध्यागमन विभागले प्रमाणित निस्सा प्राप्त नगरेको बताएको थियो। रविले सर्वोच्च अदालतको माघ १३ गतेको फैसलाको प्रकरण नं. २२, २८ र ३२ मा अमेरिकी नागरिकता परित्याग गरेको तथ्य पुष्टि गरेको बताउनुभएको छ । उहाँ लेख्नुहुन्छ ।

‘मुद्दा हाल्नु र मुद्दा हाल्ने उद्योग चलाउनु दुई अलग कुरा हुन् । मान्छेलाई इरिटेट गर्ने पनि सिमा हुन्छ।

१. सर्वोच्च अदालतको मिती २०७९,१०,१३को फैसलाको प्रकरण नं.२२, २८ र ३२ मा मैले अमेरिकी नागरिकता परित्याग गरेको तथ्य confirm गरेको छ।

२. अमेरिकि नागरिकता त्यागेको सक्कल निस्सा जिप्रका काठमाडौमा पेस गरि नेपाली नागरिकता पुन कायम गराएको छु ।

३. अदालतले झिकाउनु भनेको अमेरिकी राहदानीको सक्कल निस्सा मैसँग भएकाले मिति २०८०/०२/०९ मा सर्वोच्च अदालतमा बुझाइसकेको छु। यसको जानकारी र सक्कल बमोजिम नक्कल मिती २०७५/०३/०६ मा अध्यागमनलाई सप्रमाण बुझाइसकेको थिएं। टेलीभिजन बाट घोक्रो सुक्ने गरि सप्रमाण बोलीसकेको थिएं।

४. घण्टी लाई बजाउन मात्र होईन घण्टीले बजाउन पनि मिल्छ।’

प्रकाशित मिति : २०८० जेष्ठ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस