२०८३ असोज २४ गते शनिवार | 2026 October 10th Saturday

सांसदले ओली नेतृत्वको सरकारले लगाएको पशुपतिको जलहरी पित्तलको भनेपछि एमालेद्वारा बैठक अवरुद्ध

काठमाडौं । पशुपतिको गजुरमा रहेको जलहरी सुनको हो कि पित्तलको भनी संसदमा प्रश्न उठेको छ । जेठ १० गते प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा अनेकन भ्रष्टाचार भएको आरोप लगाउनुभयो ।

त्यसक्रममा उहाँले भन्नुभएको थियो, ‘उहाँ (केपी शर्मा ओली) सरकारमा बस्दा कति भ्रष्टाचारका काण्डहरु आए ? यति, ओम्नी, वाइडबडी, स्वास्थ्य सामाग्रीको दुई अर्बको भ्रष्टाचार। त्यति मात्रै होइन, पशुपति नाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचारहरु यस्ता सयौं, हजारौं भ्रष्टाचारका काण्डहरु छन् ।’

सत्तारुढ दलका सांसदले पशुपतिमा सुनको भनेर पित्तलको जलहरी लगाएको भनी अभियोग लगाएपछि यो गम्भीर आरोप भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । एमालेका सांसदहरुको नाराबाजीपछि बैठक स्थगित भएको छ । बाँकी भिडियोमा हेर्नुहोला ।

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस