२०८१ बैशाख ६ गते बिहिवार | 2024 April 18th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

संसद अवरुद्ध भएपछि कांग्रेसको प्रस्ताव: पशुपतिको जलहरीबारे ओलीमाथिको आरोप उचित नरहेको भनौं

Kp Sharma Oli with Sher Bahadur deuba

काठमाडौं। पशुपतिनाथको मन्दिरमा राखेको जहलरी सुनको कि पित्तलको भन्ने प्रश्न उठेको छ । सत्तारुढ दलका सांसदले नै यो पित्तलको हो भनेपछि शुक्रबारको प्रतिनिधिसभा बैठक नै बस्न सकेन । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने गरी बोलाइएको प्रतिनिधिसभाको बैठकमा सुरुमै एमालेले यो विषय उठाएर अवरोध गरेपछि बैठक स्थगित भयो ।

एमालेको अवरोधका कारण बिहान ११ बजेका लागि बोलाइएको बैठक कार्य सूचीमा प्रवेश नै नगरी २० मिनेटका लागि स्थगित भयो। ६ घण्टासम्म अनिर्णयको बन्दी बनेर संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले दुई पटक सूचना टाँस गरेर प्रतिनिधिसभाको बैठक भोलि सम्मलाई स्थगित गर्नुभयो । सभामुख देवराज घिमिरेको कार्यकक्षमा पशुपतिनाथको मन्दिरमा राखेको जहलरीबारे उठेको प्रश्न र त्यसउपर संसदले गर्न सक्ने कार्यका सम्बन्धमा पटक–पटक सर्वदलीय छलफल भयो । तर निचोड निस्किएको छैन ।

नेताहरुका अनुसार एमालेले माओवादी सांसद लेखनाथ दाहालले माफी माग्नुपर्ने अडान राखेको छ । माओवादी केन्द्रले संसदीय छानबिन समिति गठन गर्ने र त्यसमार्फत अगाडि बढ्नुपर्ने प्रस्ताव गरेको छ । नेपाली कांग्रेसले भने पशुपतिको जलहरीबारे ओलीमाथिको आरोप उचित नरहेको भनेर सबै दलले सार्वजानिक रुपमा नै भनेर यसको निकास निकालौ भनेको स्रोतले बतायो । नेपाली कांग्रेसका तर्फबाट प्रमुख सचेतक रमेश लेखकले पशुपतिको जलहरीबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धान जारी रहेको उल्लेख गर्ने र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली माथिको आरोप उचित नरहेको भनेर जाने गरी मध्यमार्गी प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले बताउनुभयो ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस