२०८१ साउन १२ गते शनिवार | 2024 July 27th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जनमत पार्टीले दुई जना सांसदलाई गर्‍यो निष्कासन, समानुपातिक सांसदको जतिबेलापनि पद जाने व्यवस्था

CK Raut

काठमाडौं । जनमत पार्टीले दुई जना सांसदलाई निष्कासन गरेको छ। शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले प्रतिनिधि सभाका समानुपातिक सांसद सोनु मुर्मु (मोरङ) र विनिता सिंह (सिरहा) लाई कारबाही गर्दै पदबाट हटाउने निर्णय गरेको एक नेताले जानकारी दिनुभयो ।

मुर्मु मोरङकी समानुपातिक सांसद हुनुहुन्छ भने, सिंह सिरहाकी सांसद हुनुहुन्छ । उहाँहरूले सांसद भएर अनुशासन उल्लंघन गरेको जनमतले आरोप लगाएको छ। समानुपातिक सांसदको जतिबेलापनि पद जाने कानूनी व्यवस्था छ । अनुशासन विपरित रहेमा पार्टीले जतिबेलापनि कारबाही गरेर बन्द सूचीको त्यो भन्दा तल्लो क्रमसुचीमा रहेकालाई सोही पार्टीले सांसद बनाउन सक्ने व्यवस्था छ ।

 

प्रकाशित मिति : २०८० जेष्ठ १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस